नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन १६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सारांश

  • काठमाडौं ।
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
  • आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ४७ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ६१, विकास बैंक एक दशमलव २२, वित्त एक दशमलव २७ र होटल तथा पर्यटन समूह एक दशमलव २३ प्रतिशतले घटेको छ । 
  
लगानी समूहको उपसूचक शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बीमा शून्य दशमलव ६९ र अन्य समूहको उपसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै सात दशमलव ९१ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू पाँच करोड ५९ लाख ७० हजार छ सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड-२ को एक लाख ८१ हजार आठ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजतन्त्रको अवशेषको पछि अब जनता लाग्दैनन्ः पूर्वराष्ट्रपति डा.यादव
राजतन्त्रको अवशेषको पछि अब जनता लाग्दैनन्ः पूर्वराष्ट्रपति डा.यादव
सरकारले देशभर व्यक्तिले हडपेका जग्गा फिर्ता गर्ने
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय भएका रविले कटाए ५० हजार मत
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
साढे चार लाख महिलाको राहदानी अस्पष्ट, कहाँ गए राहदानी लिएका महिला ?
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
चन्द्रौटामा भिषण आगलागी , दमकल संचालक तालिम प्राप्त नभएको भन्दै आक्रोस
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा नियकालाई गृहमन्त्रीको निर्देशन
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा
बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल

तपाईंले छुटाउनुभयो कि?