डा. शशाङ्क, सुजाता र डा. शेखरले गरे कोइरालाको विरासत फर्काउन यस्तो अठोट

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०७४
|
|
४० पटक हेरिएको
Shares
डा. शशाङ्क, सुजाता र डा. शेखरले गरे कोइरालाको विरासत फर्काउन यस्तो अठोट

सारांश

  • कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् ।
  • कांग्रेस महामन्त्री डा.
  • शशांक, सुुजाता र डा.

कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा. शेखरबीच मंगलबार भएको भेटमा पार्टीमा पुनः कोइराला परिवारको शक्ति फर्काउने विषयमा कुराकानी भएको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

के–के भयो मन्डिखाटारमा ?
गत ४ साउनमा कांग्रेस महामन्त्री शशांकको टोखास्थित निवासमा एकसाथ पहिलोपल्ट राजनीतिक विषयमा कुराकानी गरेका तीन नेताले सात महिनापछि अब सशक्त ढंगले पार्टीमा प्रस्तुत हुने सहमति गरेका छन् । मंगलबार गिरिजापुत्री सुजाताको मण्डिखाटारस्थित निवासमा शशांक र शेखर कोइरालाले खानासहित तीन घन्टा छलफल गरेका थिए ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसले व्यहोर्नुपरेको नमिठो हारको समीक्षा र कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनेबारे कुराकानी भएको थियो । बिहीबारका लागि चुनावी समीक्षासहितका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाइएपछि भएको कोइराला परिवारका तीन नेताको भेटलाई महत्वका साथ हेरिएको छ ।

झन्डै दुई वर्षअघि सम्पन्न १३औँ महाधिवेशनबाट कांग्रेस नेतृत्व कोइराला परिवारबाट शेरबहादुर देउवाको हातमा पुगेको थियो । महामन्त्रीमा बीपीपुत्र शशांक निर्वाचित भएका थिए । तर, त्यसयताका निर्वाचनमा कांग्रेस नेतृत्वकै कारण कमजोर भएको र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने अवस्थामा पुगेको तीनै नेताको निष्कर्ष छ ।

सुजाता भन्छिन्– हामीलाई कांग्रेसको चिन्ता छ
कांग्रेसनेतृ सुजाता कोइरालाले निर्वाचनपछि पार्टी कमजोर बन्दा आफूहरूलाई चिन्ता भएको भन्दै पुरानै साख र छवि फर्काउन निरन्तर छलफल गरेको जानकारी दिइन् । ‘निर्वाचनपछि कांग्रेसको संगठन कमजोर भएको देखियो । गुट, उपगुट र झगडाको राजनीतिले हामी कमजोर भएका छौँ,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘अब सधैँ यसैगरी कांग्रेस कमजोर रूपमा चल्न सक्दैन । कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन हामीले छलफललाई निरन्तरता दिएका हाैँ ।’ तीनवटै निर्वाचनमा पार्टीले अस्वाभाविक हार व्यहोरेको भन्दै हारको समीक्षा गर्दै कारण खोज्ने र समाधानको उपाय पत्ता लगाउन आफूहरू केन्द्रित भएको उनको भनाइ छ ।

अर्को महिना शेखरकोमा
अर्को महिना तीन नेता शेखरनिवास महाराजगन्जमा जम्मा हुँदै छन् । नेतृ सुजाताले अब शेखर कोइरालानिवासमा छलफल हुने जानकारी दिइन् । ‘हामी पालैपालो छलफल गर्दै छौँ । शशांकको पछि मैले गरंँ, अब शेखरदाकोमा छलफल राख्नुपर्छ भनेर मैैले नै प्रस्ताव गरेकी छु,’ उनले भनिन् ।

तर, नेतृत्वमा प्रवेश भएन
तीन नेता पार्टीमा आफ्नो परिवारको वर्चस्व गुमेको र कांग्रेस कमजोर भएपछि आफूहरू पुनः मिलेर अघि बढ्नुपर्ने साझा सहमतिमा पुगेका छन् । तर, १४औँ महाधिवेशनसम्म कसले नेतृत्व गरेर जाने भन्नेमा टुंगोमा पुगेका छैनन् । अहिले नै नेतृत्वमा दाबेदार देखिँदा आफ्नो पक्षका नेता भड्किन सक्ने भएकाले उनीहरूले कोइरालाहरूको तर्फबाट नेतृत्व गर्ने व्यक्ति तत्काल घोषणा गरेर नजाने नीति लिएका छन् । ‘तीनमध्ये जो हुने हो, सहमतिबाटै हुन्छ, तर अहिले कसले नेतृत्व गर्ने भन्ने टुंगो लागेको छैन,’ शेखरका स्वकीय सचिव थपलिया भन्छन्, ‘जसले नेतृत्व गरे पनि सहमतिबाटै हुन्छ ।’

यसकारण सहज छैन कोइरालाहरूलाई आफैँ अघि बढ्न
कांग्रेसमा कोइराला विरासत फर्काउन शशांक, सुजाता र शेखरलाई त्यति सहज भने हुनेछैन । नेता रामचन्द्र पौडेलदेखि अरू प्रभावशाली नेताको झुन्डलाई विश्वासमा लिने र मिलाउनुपर्ने बाध्यतामा उनीहरू छन् । प्रकाशमान सिंह, डा. रामशरण महत, असन्तुष्ट युवा नेताहरूलाई कसरी मिलाएर लैजाने भन्ने चुनौतीपूर्ण छ । पहिले आफ्नै गुटमा रहे पनि १३औँ महाधिवेशनबाट देउवातिर सरेका अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला, चन्द्र भण्डारी, फरमुल्लाह मन्सुरजस्ता नेतालाई पनि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
विश्वशान्ति स्तूपा हुँदै पुम्दीकोट : उक्लँदै पर्यटक, थपिँदै पूर्वाधार
दीपक मनाङे डिल्लीबजार कारागार चलान
दीपक मनाङे डिल्लीबजार कारागार चलान
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
प्रचण्डले हिन्दी भाषामा भाषण गरेपछि चन्द्र भण्डारीले भने ‘अब उतै गएर बसे हुन्छ’
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै
२३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल आउँदै
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी