बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १४, २०७६
|
|
१०८ पटक हेरिएको
Shares
बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि

सारांश

  • भीष्मराज ओझा काठमाडौँ।
  • विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ।
  • आर्थिक वर्ष २०७५र७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ।

भीष्मराज ओझा

काठमाडौँ। विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ। आर्थिक वर्ष २०७५र७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ।

सन् २०१२ मा २८५ कृष्णसार रहेकामा सन १०१३ मा ३०० पुगेको भए पनि त्यसपश्चात् क्रमशः घट्दै गई सन् २०१६ मा २५२ मा सीमित भएको सर्वेक्षणमा जनाइएको छ। त्यस्तै सन् २०११ मा १०२ घडियाल रहेकामा सन् २०१८ मा यो सङ्ख्या २१९ रहेको छ।

३२ लाख घनफिट काठ सङ्कलन

सरकारले आव २०७५र७६ मा वार्षिक ६० लाख घनफिट काठ उत्पादनको लक्ष्य लिएकामा गत फागुनसम्म ३२ लाख १३ हजार ६८४ घनफिट काठ र पाँच हजार २८८ चट्टा दाउरा सङ्कलन भएको छ। वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रलाई समृद्धिको आधार बनाउन वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रम लागू गरेको थियो।

आव २०७४र७५ सम्म १५ साझेदारी वन, ३२६ सामुदायिक वन र छ चक्ला वनमा प्राथमिकताका साथ वैज्ञानिक वन व्यवस्थापन प्रणाली लागू भइसकेको छ। सर्वेक्षणअनुसार नेपालको कूल वन क्षेत्र ४४ दशमलव सात प्रतिशत छ भने भूधरातलीय अधारका सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा छ र सबैभन्दा कम तराईमा छ।

सबैभन्दा बढी वन कर्णालीमा

प्रदेशगत वन क्षेत्रमध्ये सबैभन्दा बढी कर्णालीमा छ भने सबैभन्दा कम प्रदेश नं २ मा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ। संरक्षित वन क्षेत्रमध्ये सबैभन्दा बढी ४५ दशमलव आठ गण्डकी प्रदेशमा र सबैभन्दा कम १० दशमलव पाँच प्रतिशत प्रदेश नं २ मा छ।

संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटक र राजश्व परिचालन विगत दशकमा क्रमशः वृद्धि भएको छ। आव २०६६र६७ मा तीन लाख ८१ हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकोमा आव २०७४र७५ मा छ लाख ९९ हजार पर्यटकले सो क्षेत्रको भ्रमण गरेका थिए।

यस अवधिमा राजश्व परिचालन रु १४ रु करोडबाट उल्लेखनीय वृद्धि भई रु ७१ रु करोड पुगेको छ। चालू आवको आठ महीनामा चार लाख ४० हजार पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेको र यसबाट रु ३९ दशमलव दुई करोड राजश्व सङ्कलन भएको सर्वेक्षणमा उल्लेख छ।

प्रतिव्यक्ति शून्य दशमलव दुई हेक्टर वन क्षेत्र

सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति शून्य दशमलव दुई हेक्टर वन क्षेत्र र १११ रुख पर्छ भने विश्वमा प्रति व्यक्ति शून्य दशमलव छ हेक्टर र ४२२ रुखहरु पर्छ।

चीन तथा दक्षिण एशियाली मुलुकको वन क्षेत्र हेर्दा कूल वन क्षेत्रको १८ दशमलव छ प्रतिशत वन क्षेत्र रहेको छ। दक्षिण एशियाली मुलुकममध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानको ७२ दशमलव पाँच प्रतिशत रहेको छ भने सबैभन्दा कम पाकिस्तानको एक दशमलव नौ प्रतिशत रहेको छ।

सरकारले नेपालका वनस्पतिको पहिचान, व्यवस्थापन तथा स्वस्थानीय र परस्थानीय संरक्षण, अध्ययन तथा अनुसन्धान र अभिलेखीकरणको कार्य अघि बढाएको छ। गत फागुनसम्म छ हजार ७०० हर्वे्रियम नमूनाको डिजिटलमा राखिएको सर्वेक्षणमा जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?