नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ५, २०७६
|
|
५० पटक हेरिएको
Shares
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे

सारांश

  • कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अहिले त्यस्तै व्यवहार देखाएका छन् ।
  • गफ गर्ने तर काम नगर्ने बानी परेका खरेलले निगमको नेतृत्व सम्हालेदेखि नै विवादस्पद काम र निर्णय गर्दै आएका छन् ।
  • खरेलको लापरवाहीले राष्ट्रिय ध्वजावाहक निगम चरम संकटमा परेको छ ।

कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेजस्तै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अहिले त्यस्तै व्यवहार देखाएका छन् । गफ गर्ने तर काम नगर्ने बानी परेका खरेलले निगमको नेतृत्व सम्हालेदेखि नै विवादस्पद काम र निर्णय गर्दै आएका छन् । खरेलको लापरवाहीले राष्ट्रिय ध्वजावाहक निगम चरम संकटमा परेको छ । वाईडबडी जहाज थन्किएको धेरै भयो । व्यवसायिक उडान भर्नु त परै जाओस । उडानको लागि मिति र विदेशी गन्तव्य नै तय भएको जापानको ओशाका उडान एकाएक स्थगित् भएको छ । जापानले उडान अनुमति दिइसकेपनि आफैं ओसाका उडान शुरू गर्न नसकेको निगमका अध्यक्ष खरेल र निर्देशक टंकनिधि दाहाल जापान भ्रमणमा छन् ।

खरेल र दाहाल जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई आफैंले निमन्त्रणा पठाउन लगाएर टोकियो पुगेको तथ्य पनि बाहिरिएको छ। थाई एयरवेजबाट मंगलवार टोकियो पुगेका खरेल र दाहाल आइतवार स्वदेश फर्किनुअघिको खर्च ५० लाख नाघ्ने दाबी स्रोतको छ ।

खरेलले जापान बसाईको क्रममा आफू नेपालीहरुलाई भेट्न आएको भनेर समेत बोलेको भिडियो बाहिरिएको छ । खरेलले आफ्नो जापान भ्रमणलाई विलाषीतामा परिणत गरेका छन् । अध्यक्ष खरेलको महत्वकांक्षा र फाईदा हेर्ने कु–दृष्टिले नेपाल एयरलाइन्सका लागि जापानी आकाश सधैंका लागि बन्द हुने खतरा अघि आएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जापानको ओशाका उड्न पाएको अनुमतिको सदुपयोग गर्न नसक्ने अध्यक्ष खरेल निकम्मा नै सावित हुनेछन् ।

 

भारतका राष्ट्रपति राजकीय भ्रमणमा नेपाल आउने
तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी आएको तीन वर्षपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा कोविन्द साउनमा नेपाल आउने तयारी भइरहेको छ । भ्रमणको तयारीबारे मंगलबार भारतका विदेशसचिव विजयकेशव गोखलेले दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यसँग साउथ ब्लकमा छलफल गरेका छन् ।

‘भारतका महामहिम राष्ट्रपतिज्यूको नेपाल भ्रमणको मिति तय भएको छैन, भ्रमणको तयारी भइरहेको छ,’ नेपाली दूतावासका उपनियोग प्रमुख भरतकुमार रेग्मीले दिल्लीबाट नयाँ पत्रिकासँग भने, ‘विदेशसचिवसँगको भेटमा राष्ट्रपतिको भ्रमण, परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकलगायत विषयमा छलफल भयो । कुनै पनि विषय फाइनल भएको छैन ।’ राजदूत आचार्य र विदेशसचिव गोखलेबीचको छलफलमा रेग्मी र भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान डिभिजन हेर्ने सहसचिव पीयूष श्रीवास्तव पनि सहभागी थिए ।

भारतीय राष्ट्रपति कोविन्द नेपालको सीमावर्ती राज्य उत्तरप्रदेशका बासिन्दा हुन् । नेपालमा उनको पहिलो राजकीय भ्रमण हुन लागेको हो । पूर्वराष्ट्रपति मुखर्जी पुष्कमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार हुँदा १७ र १८ कात्तिक ०७३ मा राजकीय भ्रमणमा आएका थिए । उनले जनकपुर र पोखरा पनि भ्रमण गरेका थिए ।

साउथ ब्लकसम्बद्ध स्रोतका अनुसार साउने सोमबार पारेर पशुपतिनाथ मन्दिर दर्शन गर्ने गरी राष्ट्रपति कोविन्दको भ्रमणको तयारी भएको छ । कोविन्दको भ्रमणपछि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी हुनेछ । ‘यो वर्ष (सन् २०१९) भित्र मोदीको भ्रमण हुने सम्भावना छ, राष्ट्रपतिको भ्रमणपछि त्यसबारे छलफल हुनेछ,’ साउथ ब्लकसम्बद्ध स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

यसअघि १८ र १९ साउन ०७१ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउनको सोमबार पशुपतिनाथ मन्दिरमा पूजा गर्ने गरी राजकीय भ्रमणमा आएका थिए । राष्ट्रपति कोविन्दको भ्रमणअघि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक राख्ने तयारी भएको छ । काठमाडौंमा बस्ने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औपचारिक रूपमा निमन्त्रणा पठाएका छन् ।

राष्ट्रपति मुखर्जी आउनुभन्दा १८ वर्षअघि तत्कालीन राष्ट्रपति केआर नारायणन १४ जेठ ०५५ मा नेपाल भ्रमणमा आएका थिए । तर, केआर नारायणनपछि राष्ट्रपति भएका डा. एपिजे अब्दुल कलाम र प्रतिभा पाटिलले नेपाल भ्रमण गरेनन् । कलाम राष्ट्रपतिबाट बाहिरिएपछि भने काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन नेपाल आएका थिए । कलाम सन् २००२ देखि २००७ सम्म तथा पाटिल २००७ देखि २०१२ सम्म राष्ट्रपति थिए । नयाँपत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?