नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
४८ पटक हेरिएको
Shares
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान

सारांश

  • काठमाडौं १२,फागुन।
  • नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ ।
  • आज पार्टी कार्यालय सानेपामा  सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ।

काठमाडौं १२,फागुन। नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ ।आज पार्टी कार्यालय सानेपामा  सिटौला समूह र संस्थापन समूहका विद्यार्थी नेताबीच विवाद भएको छ। विवादले चर्काे रूप लिएकाे छ। दुई समूहबीच ढुंगा हानाहान भएकाे छ। यसैबीच प्रहरीले लाठी चार्ज गरेकाे छ।

नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो ।पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ। संस्थापन पक्षका विद्यार्थीहरु नेविसंघमा ३२ वर्षे उमेरहद ल्याउन नहुने पक्षमा छन् भने सिटौला समूह त्यसको विपरीत छ।

संस्थापन समूहभित्रका सहमहामन्त्री प्रकाशशरण महतनिकट मानिने ऋषिकेषजंग शाहलगायत विद्यार्थी नेताले फागुन ९ गते पार्टी कार्यालयभित्र पार्टी महामन्त्री निधि र नेता प्रकाशमानसिंह कार्यालय जाँदा सिटौला समूहका विद्यार्थीले रोकेको भन्दै त्यसप्रति आपत्ति जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?