न्युक्यासललाई हराउँदै टोटनहम चौथो स्थानमा उक्लियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २१, २०७८
|
|
३२ पटक हेरिएको
Shares
न्युक्यासललाई हराउँदै टोटनहम चौथो स्थानमा उक्लियो

सारांश

  • काठमाडौं।
  • न्युक्यासल युनाइटेडमाथि ५-१ को प्रभावशाली जितसहित आइतबार राति टोटनहम इङ्लिस प्रिमियर लिगको चौथौ स्थानमा उक्लिएको छ।
  • ३९औं मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो।

काठमाडौं। न्युक्यासल युनाइटेडमाथि ५-१ को प्रभावशाली जितसहित आइतबार राति टोटनहम इङ्लिस प्रिमियर लिगको चौथौ स्थानमा उक्लिएको छ। ३९औं मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो। त्यसको चार मिनेटपछि नै टोटनहम खेलमा फर्कियो । सनको क्रसमा बेन डेभिसले गोल गरेका थिए।
४८औं मिनेटमा म्याट डोहेर्टेको गोलमा टोटनहमले अग्रता लियो। त्यसको ६ मिनेटपछि सनले गरेको गोलमा टोटहमले ३-१ को अग्रता लियो। ६३औं मिनेटमा इमर्सन रोयल बललाई जाली चुमाएपछि टोटनहम फराकिलो जिततर्फ अघि बढेको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा स्टेभिन बर्जविनले टोटनहमका लागि पाँचौ गोल गरे।
प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट हम युनाइटेडले एभर्टनमाथि २-१ को जित निकालेको थियो। ३० खेलबाट ५४ अंक बटुलेको टोटनहम चौथो स्थानमा उक्लिएको हो । पाँचौ स्थानको आर्सनलको पनि ५४ अंक छ । यद्यपि आर्सनलले टोटनहमभन्दा दुई खेल कम खेलेको छ।[image: Untitled-1-3.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?