पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २३, २०७६
|
|
५० पटक हेरिएको
Shares
पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै

सारांश

  • काठमाडौं २३ पुस ।
  • ठगी धन्दा चलाएको आशंकामा दुई साताअघि पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई आज बुधवार फिर्ता पठाउने तयारी छ ।
  • उनीहरुलाई लिन चिनियाँ जहाज आउँदैछ ।

काठमाडौं २३ पुस । ठगी धन्दा चलाएको आशंकामा दुई साताअघि पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई आज बुधवार फिर्ता पठाउने तयारी छ । उनीहरुलाई लिन चिनियाँ जहाज आउँदैछ । अध्यागमन विभागले चिनियाँ दूतावासको समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान नेपाल आउनेछन् । तर उनीहरु बाट नेपालमा कोही पनि पीडित भएको पाइएको छैन ।

अनुसन्धानका लागि दुई साता हिरासतमा राखिएका ती चिनियाँविरुद्ध जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको मुद्दामा दोषी ठहर गर्दै आइतबार जनही एक हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गर्यो । उनीहरू कामदारका रूपमा छनोट भएको तर पर्यटक भिसामा नेपाल प्रवेश गरेको पाइएको छ । प्रहरीका अनुसार एक सयभन्दा बढी चिनियाँलाई नेपाल ल्याउने मुख्य एजेन्ट चीनकै हुन् ।

नेपालमा कम्पनी खोलेको देखाएर त्यो एजेन्टले गुगल जस्तै चीनमा चल्ने बैदुमा कामदार माग गरेका थिए । त्यही विज्ञापन देखेर कामदारको रुपमा चिनियाँहरु नेपाल आएको खुलेको छ । पक्राउ परेका सबै चिनियाँ नागरिकले पर्यटक भिसामा नेपाल आइ घर नै भाडामा लिएर काम गरेकाले उनीहरुमाथि अध्यागमन ऐन अनुसार पनि कार्वाही हुन्छ । अध्यागमन ऐनमा ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

पक्राउ परेकामध्ये ९७ जनाको राहदानी नै छैन । सबैलाई अध्यागमन ऐन अनुसार जरिवाना तिराएर फिर्ता पठाउन अध्यागमन विमागले चिनियाँ दूतावासबाट ट्राभल डकुमेन्ट मगाएको छ । तर उनीहरुको साथबाट बरामद सामान भने थप अनुसन्धानका लागि राखिने छ ।

नेपालमा बसेर चीनमा आर्थिक अपराधको गिरोह नै चलाउन आएका चिनियाँको अपराधको शैली प्रहरीले पत्ता लगाउन सकेको छैन । नेपालको भिसा प्रणाली सहज हुँदा विदेशीले पर्यटकको भेषमा आएर गैरकानूनीरुपमा के सम्म गर्छन् भन्नेचाहिँ यस प्रकरणले उजागर गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
पारमाणविक हतियार अन्त्य गर्नेसम्बन्धी परामर्श गर्न अमेरिकी विदेशमन्त्री काेरिया जाँदै
शुक्रबार संसद्को अन्तिम बैठक -असोज २८ देखी विघटन हुने
शुक्रबार संसद्को अन्तिम बैठक -असोज २८ देखी विघटन हुने
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने
शिवपुजन राय यादवको उम्मेदवारी आज टुंगो लाग्ने
जिल्ला समन्वय समिति गोरखामा कांग्रेसको एकल उम्मेदवारी
जिल्ला समन्वय समिति गोरखामा कांग्रेसको एकल उम्मेदवारी
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा
अठार उद्योगमा १२ करोड लगानी
अठार उद्योगमा १२ करोड लगानी
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ

तपाईंले छुटाउनुभयो कि?