पत्नीको खातामा १ करोड २७ लाख जम्मा गर्दा जेल चलान भए यी अधिकृत

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २६, २०७५
|
१
|
५७ पटक हेरिएको
Shares
पत्नीको खातामा १ करोड २७ लाख जम्मा गर्दा जेल चलान भए यी अधिकृत

सारांश

  • काठमाडाै, २६ साउन ।
  • नगरपालिकामा अधिकृतको जागिर खाएको दुई वर्षमै ७ करोड भ्रष्टाचार मुद्दामा तानिएका ईलाम माई नगरपालिकाका अधिकृत रविनचन्द्र ढकाललाई जेल चलान गरिएको छ ।
  • विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले मुद्दाको टुंगो नलागेसम्म पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

काठमाडाै, २६ साउन । नगरपालिकामा अधिकृतको जागिर खाएको दुई वर्षमै ७ करोड भ्रष्टाचार मुद्दामा तानिएका ईलाम माई नगरपालिकाका अधिकृत रविनचन्द्र ढकाललाई जेल चलान गरिएको छ । विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले मुद्दाको टुंगो नलागेसम्म पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा ढकालसहित ५ जनालाई विपक्षी बनाईएको थियो ।

विपक्षीमध्ये माई नगरपालिकाका प्रशासकीय अधिकृत कालीदास ढकाल १५ लाख धरौटी बुझाएर बिहीबार साधारण तारेखमा छुटेका छन् । विपक्षी बनाइएका ढकालकी आमा प्रेमकुमारी, सासु तुलसी आचार्य, काकी सावित्री ढकाल भने अदालतमा उपस्थित नभएको विशेष अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

ढकालकी आमाको नाममा सिन्धुलीस्थित एनआईसी एसिया बैंकमा राखेको ६ लाख ५५ हजार रुपैयाँ, सासुका नाममा काठमाण्डु पुलचोकस्थित सोही बैंकमा राखिएको ३० लाख, साथीकी श्रीमती प्रमिला भण्डारीको नाममा प्राइम बैंक बिर्तामोडमा २१ लाख ६५ हजार, उनकै नाममा राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा २७ लाख रुपैयाँ राखेको भेटिएको छ । यसैगरी, चिनजानका व्यक्ति हर्कबहादुर श्रेष्ठको नाममा टुरिजम बैंक सिन्धुलीमा १३ लाख रुपैयाँ, काकी सावित्री ढकाल प्याकुरेलको नाममा भक्तपुर नगरपालिका–९ स्थित दधिकोटमा किनेको ६० लाख रुपैयाँबराबरको चार आना जग्गा र बैंक खाता रोक्का गरिएको छ । कार्यकारी अधिकृतको नक्कली हस्ताक्षरमा रकम स्थानान्तरण भएको छ । अख्तियारले आफन्तका नाममा किनिएको जग्गा र उनीहरूको बैंक रकम पनि रोक्का गरेको छ ।

ढकालका साढुको नाममा ‘ट्रान्सफर’को आशंकामा एक करोड ५० लाख र अन्य आफन्तको नाममा रहेको ७५ लाख रुपैयाँ बैंक रकम पनि रोक्का छ । बैंकमा नवविवाहित पत्नीको नाममा रहेको १ करोड २७ लाख रुपैयाँ र साथीकी पत्नीको नाममा रहेको ३० लाख रुपैयाँ पनि शंकास्पद रहेको अख्तियारको दाबी छ ।

भक्तबहादुर विष्टको नामबाट काकीको नाममा जग्गा किनेको अनुसन्धानबाट देखिएको छ । यता झापा हल्दीबारी गाउँपालिका (पाराखोपी)–९ मा १० धुर, वडा नम्बर ८ मा ११ धुर र सोही वडामा अर्को कित्ता ६ धुर र ८ धुर जग्गासमेत भेटिएको छ । सबै कित्ताका जग्गा रोक्का गरिएका छन् ।

यस्तै, ललितपुर झरुवारासीमा आफू र पत्नीको नामको ६ आना जग्गा, पत्नीको नाममा ज्ञानेश्वरमा पाँच आना १ पैसा तीन दाम जग्गासमेत अख्तियारले रोकेको छ । ढकालविरुद्ध उदयपुर कटारी र माई नगरपालिकामा रहँदा भ्रष्टाचार गरेको अभियोगसहित दुई वटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार कटारी नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको थियो । अख्तियारको ६ महिना लामो छानबिनबाट सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धा, एकल महिला, असहाय, अशक्त, विपन्न, दलित र अपांगता व्यक्तिलाई बाँड्न छुट्याइएको रकम पत्नी, सासु र काकीको खातामा सारेको फेला परेको हो ।

अख्तियारले ढकाललाई वैशाख १२ मा ज्ञानेश्वरबाट पक्राउ गरेको थियो । ढकाल एक वर्ष ९ महिना माई नगरपालिकामा बसेर कटारीमा सरुवा भएका थिए । अख्तियारले कटारी र माई नगरपालिका दुवैको फाइल झिकाएर छानबिन गरेको थियो । सरकारी खाताबाट आफन्तका नाममा रकम हालेर पुनः आफ्नो नाममा ‘ट्रान्सफर’ गरिएको छ । ढकालले बैंकको नाममा विभिन्न किर्ते पत्र तथा कागजात बनाई कटारी नगरपालिकाको सञ्चित कोष खाताबाट आफ्नो नाममा रहेको व्यक्तिगत बैंक खातामा तीन करोड ९८ लाख ३६ हजार ९ सय ८७ लाख रुपैयाँ जम्मा गरेको अख्तियारको दाबी छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ८ वर्षदेखि १० वर्षसम्म जेल सजाय र बिगोको अनुपातमा जरिवाना माग गरिएको छ ।

सोलु सल्लेरीको जनस्वास्थ्य कार्यालयमा सुरु नियुक्ति पाएका ढकाल त्यहाँ ११ महिना काम गरेपछि माई नगरपालिकामा सरुवा भएका थिए । गत फागुनमा उनी कटारी आएका हुन् । ढकाल १४ महिना बीचमा झन्डै चार करोड रुपैयाँ खातामा सार्न सफल भएको अनुसन्धानले देखाएको छ । अख्तियारले सोलुस्थित जनस्वास्थ्य कार्यालयबाट समेत ढकालको जिम्माका सबै फाइल खिचेर छानबिन सुरु गरेको थियो ।कटारी नगरपालिकाका नाममा विनियोजन भएको एक करोड ९८ लाख ७५ हजार रुपैयाँ गत फागुन २२ गते निजी खातामा स्थानान्तरण भएको छ । त्यसपछि चैत २६ गते त्यति नै रकम ढकालले पुनः आफ्नो निजी खातामा पठाएका छन् । अनुसन्धानबाट नगरपालिकाको मूल खाताबाटै धमाधम निजी खातामा रकम सारेको भेटिएको छ ।

यता कार्यकारी अधिकृतका नामको दस्तखत आफैंले किर्ते गर्ने र राजस्व तिरेको बैंक भौचरसमेत किर्ते खडा गरी माई नगरपालिकामा पनि ३ करोड २४ लाख ५६ हजार एक सय ४८ रुपैयाँ भ्रष्टाचार गरेको ढकाललाई अभियोग लागेको छ । मुद्दामा ढकाल, श्रीमती, आमाको नामको जग्गा तथा उनीहरूका नाममा रहेको बैंक मौज्दातसमेत जफत गर्न अख्तियारले अदालतसँग माग गरेको छ । कटारीमा सरुवा भएको डेढ महिनामै ढकालले ४ करोड रुपैयाँ निजी खातामा राखेको खुलेको छ । सिन्धुलीका ढकाल २०७२ मंसिर १५ मा सेवा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kamal Thapa Darlami Magar

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उखुको भुक्तानी नपाउँदा सर्लाहीका किसान ऋणको बोझमा, समयमै रकम उपलब्ध गराउन माग
उखुको भुक्तानी नपाउँदा सर्लाहीका किसान ऋणको बोझमा, समयमै रकम उपलब्ध गराउन माग
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना
योगी आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा
योगी आदित्यनाथ आउने भएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
जिम्मा लिँदै छ सडक विभाग टालटुल गरेको सडक
जिम्मा लिँदै छ सडक विभाग टालटुल गरेको सडक
एनएमए बचाउनका लागि मेरो उम्मेद्वारी : जिम्बा जाङबु शेर्पा
एनएमए बचाउनका लागि मेरो उम्मेद्वारी : जिम्बा जाङबु शेर्पा
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
झनै उग्र बन्दै दार्जिलिङ अान्दोलन्, पत्रकार पक्राउ गरि , च्यानल बन्द !
शेयर बजार ः छ अङ्कले घट्यो
शेयर बजार ः छ अङ्कले घट्यो

तपाईंले छुटाउनुभयो कि?