‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ११, २०८०
|
|
५५ पटक हेरिएको
Shares
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’

सारांश

  • काठमाडौं ।
  • न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ ।
  • विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित बर्खास्त, सरुवा, बढुवा गरिएको विषय सार्वजनिक भएसँगै समितिले प्रचलित कानूनी व्यवस्थाको कार्यान्वयनका लागि ध्यानकर्षण गराएको हो ।

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ ।

विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित बर्खास्त, सरुवा, बढुवा गरिएको विषय सार्वजनिक भएसँगै समितिले प्रचलित कानूनी व्यवस्थाको कार्यान्वयनका लागि ध्यानकर्षण गराएको हो ।

समितिका अध्यक्ष सङ्गीता खड्काले आज विज्ञप्ति जारी गर्दै ऐन, कानुनको पालना नगर्ने/नगराउने सञ्चार प्रतिष्ठानलाई राज्यले प्रदान गर्ने सेवा सुविधा कटौती गर्न सिफारिस गरिने अवस्था आउनेतर्फ सचेत गराईन् ।

सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारका सेवा सुुविधाको विषय तथा श्रमजीवी पक्ष र सञ्चालक पक्षका अधिकार र कर्तव्यसम्बन्धी स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उनले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रमा नै श्रम अधिकार हनन्सम्बन्धी यस्ता उजुरी र गुनासो आउनु दुःखद भएको बताईन् ।

पछिल्ला दिनमा विभिन्न सञ्चार प्रतिष्ठानले कानुनी व्यवस्थाविपरीत पत्रकार तथा कर्मचारीलाई ऐनले तोकेको सेवा सुविधा बिना नै करार सम्झौता भङ्ग गर्ने, निष्काशन गर्ने, सरुवा गर्नेलगायत विषयमा गुनासो र उजुरी प्राप्त भएको समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि सेना र हेलिकप्टर परिचालन
भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि सेना र हेलिकप्टर परिचालन
Sanya Malhotra and Radhika Madan starrer ‘Pataakha’ First Look poster is out!
Sanya Malhotra and Radhika Madan starrer ‘Pataakha’ First Look poster is out!
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?
काठमाण्डौ महानगरपालिका गैरजिम्मेवार कि लाचार ?
नेपाल चीन रेल्वे बैठकमा चीनले भन्योः रेलका लागि नेपालको तयारी पुगेन
नेपाल चीन रेल्वे बैठकमा चीनले भन्योः रेलका लागि नेपालको तयारी पुगेन
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
भ्यालेन्टाइन्स फेसन शोमा दर्जनभन्दा बढि मोडलको क्याटवाक
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
बाल मन्दिर जग्गा हिनामिना प्रकरणः पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
राजदूत नियुक्ति र फिर्ताको तयारी, क कस्को भो जागीर चट्?
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
इरानसँग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ अमेरिका तयार
इरानसँग ‘बिनासर्त गम्भीर वार्ता गर्न’ अमेरिका तयार

तपाईंले छुटाउनुभयो कि?