पत्रकार राजु बस्नेत सर्वोच्चको आदेशले छुटे लगत्तै पुन: पक्राउ परे
सारांश
- काठमाडौ २९,भदौ।
- विधुतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको दृष्टि दैनिक का सम्पादक एवं प्रकाशक राजु बस्नेतलाई सर्वोच्च अदालतको रिहा गर्ने आदेश लगत्तै पुन प्रहरीले पक्राउ गरेको छ।
- न्यायाधीश दिपकराज जोशीको एकल इजलाशले बस्नेतलाई थुनामा नराख्न आदेश दिएकाे थियो।
काठमाडौ २९,भदौ।विधुतीय कारोबार ऐन उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको दृष्टि दैनिक का सम्पादक एवं प्रकाशक राजु बस्नेतलाई सर्वोच्च अदालतको रिहा गर्ने आदेश लगत्तै पुन प्रहरीले पक्राउ गरेको छ।न्यायाधीश दिपकराज जोशीको एकल इजलाशले बस्नेतलाई थुनामा नराख्न आदेश दिएकाे थियो।
बन्दीप्रत्यक्षीकरण मुद्दामा आदेश जारी गर्दै सर्वोच्चले उनलाई सामान्य तारेखमा रिहा गर्न भनेको थियो। अदालतको आदेश लगत्तै रिहा भएका बस्नेतलाई प्रहरीले सर्बोच्च परिसर बाहिर पक्राउ गरेको हो।प्रहरीले थप अनुसन्धान र मेडिकल टेष्टका लागि उनलाई पक्राउ गरेको हो। केही दिन अघि बस्नेतले ललितपुरको एक सार्वजनिक जग्गा नेकपाका सांसदहरु पम्फा भुसाल र राजकाजी मर्हजनले दलाली गरेको भन्दै समाचार प्रकाशन गरेका थिए।
प्रतिक्रिया