पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १, २०७५
|
|
४० पटक हेरिएको
Shares
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौँ, १ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताउनुभएको छ ।
  • राष्ट्रिय युवा परिषद्ले शुक्रबार  देखि  आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को उद्घाटन गर्दै उहाँले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो ।

काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले शुक्रबार  देखि  आयोजना गरेको ‘प्रथम विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन’ को उद्घाटन गर्दै उहाँले उपलब्ध प्राकृतिक स्रोत, साधनलाई वैज्ञानिक तवरले समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो ।

“हामीसँग प्राकृतिक स्रोत, साधन र खनिजयुक्त सम्भावना छ, एउटै कुरा मात्रै आवश्यक छ, आत्मविश्वास र प्रतिबद्धता हामी गर्न सक्छौँ र गर्छौं भन्ने भावना युवा वैज्ञानिकमा हुनुपर्छ त्यति भएपछि हाम्रो विकासलाई कसैले रोक्न सक्दैन । युवा पलायन रोक्न र रोजगार सिर्जना गर्नेतर्फ सरकार गच्छेअनुसार सहयोग गर्न तयार छ । यसका लागि युवा वैज्ञानिक पनि प्रतिबद्धताका साथ लाग्नुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

विज्ञान र प्रविधि हरेक क्षेत्रको विकास तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि महत्वपूर्ण छ भन्दै उहाँले कृषिको वैज्ञानिकीकरण, खनिजजन्य वस्तुको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

विज्ञान र प्रविधिको सदुपयोग गर्न नसकेकै कारण मुलुकले विकासको फड्को मार्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले थप्नुभयो, “अब संकल्प गर्नुपरेको छ, यो पछौटेपन र गरिबीलाई सहदैनौँ यसका लागि हरेक नयाँ उचाइ रेखा तय गर्नुपर्छ । देश बनाउने जिम्मा अब युवाको काँधमा आएको छ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले आफू पद जोगाउन नभई देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको भन्दै समृद्धिको यो यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

उहाँले सम्मेलनबाट आएको निष्कर्षलाई मुलुकको समृद्धिसँग जोडेर प्रभावकारी कार्यान्वयनमा ल्याइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सुशासन, विकास र समृद्धिका लागि समग्र युवा जनशक्तिलाई भरपुर परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वैज्ञानिक खोज, अनुसन्धान तथा उत्पादनशील र आत्मनिर्भर बनाउनेतर्फ मन्त्रालयले विभिन्न कार्यक्रम अघि बढाएको उल्लेख गर्नुभयो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले उत्पादनशील र स्वरोजगारका लागि युवा लक्षित कार्यक्रमलाई देशव्यापीरुपमा लगिएको जानकारी दिनुभयो ।

तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले विज्ञान र प्रविधिको माध्यमबाट युवा शक्तिलाई समाहित गरेरमात्रै मुलुकको समृद्धिले सार्थकता पाउने उल्लेख गर्नुभयो ।

सम्मेलनका संयोजक खिम पन्थीले वैज्ञानिक युवा शक्तिलाई प्रविधिमैत्री बनाई कसरी समृद्धि निर्माणमा सहभागिता अभिवृद्धि गर्ने भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

विज्ञान, सूचना तथा प्रविधिका क्षेत्रका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्था (संरचना स्रोत, कार्यक्षेत्र, नतिजा) को वस्तुनिष्ठ समीक्षा गरी आगामी दश वर्षका लागि आवश्यक कार्यनीति तय गर्ने तथा नेपाली युवा वैज्ञानिकले गरेका आविष्कार, अनुसन्धान, सोधलाई आमजनतासमक्ष पु¥याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो ।

तीन दिनसम्म चल्ने सम्मेलनमा प्राकृतिक, विज्ञान, चिकित्सा र आयुर्वेद विज्ञान, इन्जिनियरिङ, जैविक विज्ञान, भूगर्भ, वातावरण र मौसम, परम्परागत प्रविधि, कृषि तथा वनविज्ञान, सूचना। सञ्चार तथा प्रविधि, खगोल तथा अन्तरिक्ष, विकीकरण तथा ऊर्जालगायत १२ वटा विषयमा सम्बन्धित विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

सम्मेलनमा करीब ४०० युवा अनुसन्धानकर्मी, वैज्ञानिक, नीति निर्माता र विज्ञानसँग सम्बन्धित सरोकारवाला निकाय संघसंस्थाको सहभागिता रहेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलन परिसर खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा युवा वैज्ञानिकद्वारा आविष्कार गरिएका विज्ञान सूचना तथा प्रविधिसम्बन्धी प्रदर्शनीको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Gobinda Neupane

    यो कुरा चाहिँ 100% सत्य हो रहेछ भन्ने कुरा पुष्टि त मन्त्री बास्कोटा ले नै गरिहाले नि।।।

    Comment Author

    Suman Koirala

    good jop

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?