पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘राम्चेढुङ्गा’

सारांश

  • बागलुङ,२० पुस ।
  • गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गा पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ ।
  • मनोरम भूवनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन यहाँको मुख्य आकर्षणक बन्न थालेको छ ।

बागलुङ,२० पुस । गलकोट नगरपालिका–७ मल्मस्थित राम्चेढुङ्गा पर्यटकीय गन्तव्यका रुपमा चर्चित भएको छ । मनोरम भूवनोट, प्राकृतिक वातावरण र हिमशृङ्खला अवलोकन यहाँको मुख्य आकर्षणक बन्न थालेको छ । गाउँको उत्पादन, कला र संस्कृतिले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।

समुद्री सतहदेखि एक हजार ९०० मिटर उचाइमा अवस्थित राम्चेढुङ्गा प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिएको छ । वडा कार्यालयको पहलमा गत असोजमा प्याराग्लाइडिङको सफल परीक्षण उडान गरिएको थियो । प्रचारप्रसारसँगै पूर्वाधार निर्माण गरिएकाले उक्त स्थान पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको हो ।

गलकोट र आसपासका आन्तरिक पर्यटकको रोजाइँमा राम्चेढुङ्गा पर्न थालेको छ । छोटो अवधिको घुमघाम र वनभोजका लागि आउने पनि उत्तिकै छन् । पर्यटकको सुविधालाई लक्षित गरेर सडक, खानेपानी, शौचालय, वनभोजस्थलजस्ता संरचनाको निर्माण गरिएको छ ।

मञ्च, खेलमैदानजस्ता अन्य पूर्वाधार पनि बनेका छन् । राम्चेढुङ्गा पर्यटन विकास केन्द्रले निर्माण र प्रवद्र्धनको काम गर्दै आएको छ । “पर्यटकीय पूर्वाधार निर्माणमा केन्द्रित छौँ”, केन्द्रका अध्यक्ष विष्णु थापाले भन्नुभयो । गत आवमा नगरपालिकाबाट छुट्याइएको रु १० लाख पूर्वाधारमा खर्च भएको छ ।

गाउँलेले पनि आर्थिक सहयोग र श्रमदान गर्दै आएका छन् । केहीले जग्गासमेत निःशुल्क उपलब्ध गराएका छन् । पदमार्ग, दृश्यावलोकन स्तम्भ, बगैँचा, विश्रामस्थल, मन्दिर, सङ्ग्रहालयलगायत संरचना पनि बनाउने योजना समितिको छ ।

“राम्चेढुङ्गालाई अर्को पर्यटकीय गन्तव्य घुम्टेसँग पदमार्गले जोड्ने योजना छ”, अध्यक्ष थापाले भन्नुभयो । पर्यटकीय पूर्वाधार निर्माणमा चालू आवमा कतैबाट पनि बजेट उपलब्ध नभएको समितिको गुनासो छ । नगरपालिका र वडाबाट पनि बजेट छुट्याइएको छैन ।

प्रदेश र केन्द्र सरकारसँग पनि बजेट माग्न समितिले पर्यटन विकासको अवधारणा बनाएको छ । राम्चेढुङ्गा नजिकको गाउँमा घरबास ९होमस्टे० सञ्चालनका लागि समेत पहल अघि बढाइएको छ ।

वडा कार्यालयले प्याराग्लाइडिङको व्यावसायिक उडानको सम्भाबना देखेर लगानी गर्ने सोच बनाइएको छ । राम्चेढुङ्गामा एकीकृत पर्यटन विकास योजना बनाइने वडाध्यक्ष टीकाबहादुर थापाले बताउनुभयो ।
मध्यपहाडी पुष्पलाल लोकमार्गबाट राम्चेढुङ्गा पुग्न पाँच किमी कच्ची सडक पार गर्नुपर्छ । पैदलयात्रा गर्न रुचाउनले एक घण्टामा गन्तव्यस्थल पुग्न सक्छन् । त्यहाँ पुग्दा देखिने अन्नपूर्ण, माछापुछ«ेलगायत हिमशृङ्खलाले पर्यटकलाई आकर्षित गर्छ । गलकोट उपत्यका पनि राम्चेढुङ्गाबाट प्रष्टै देखिन्छ ।

पर्यटन प्रवद्र्धनको उद्देश्यले गएको पुस १५ मा आयोजित पर्यटन मेलाले पनि राम्चेढुङ्गाको महत्व बढाएको छ । तीन दिनसम्म चलेको मेलामा स्थानीय उत्पादन, कला, संस्कृति र खेलकूदले आकर्षण थपेको थियो । अघिल्ला वर्षमा वनभोजसहित सामान्य कार्यक्रम गर्दै आएको केन्द्रले पहिलोपटक मेला आयोजना गरेको हो । वर्षौंसम्म ओझेलमा परेको पर्यटकीय गन्तव्य गाउँलेको पहल र मेहनतपछि चर्चामा आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो
एउटा त्यस्तो गायक जो आफ्नो देशभन्दा चर्चित बन्यो
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
आज इन्द्रजात्रा, वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइँदै
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
रिगलको आममाफीमा राष्ट्रपतिको निर्णयको सक्कल मिसिल झिकाउन सर्वोच्चकाे आदेश
ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित
ओलीलाई सात दिनको समय, स्थायी कमिटी २८ गते बस्ने गरी स्थगित
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
तपाईको आजः साउन २४ गते शुक्रबारको राशिफल यस्तो छ
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
नेपाल चिकित्सक संघद्वारा सरकारलाई ७२ घन्टे अल्टिमेटम
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
रुपन्देहीको अन्तिम परिणामः एमालेको पहिलो स्थान कायमै
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा
विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा

तपाईंले छुटाउनुभयो कि?