पर्यटकीय पदमार्ग निर्माण शुरु

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र २४, २०७४
|
|
६० पटक हेरिएको
Shares
पर्यटकीय पदमार्ग निर्माण शुरु

सारांश

  • बाबियाचौर, म्याग्दी, २४ चैत, सदरमुकाम बेनीदेखि मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जोड्ने पर्यटकीय पदमार्ग निर्माण कार्य शुरु भएको छ ।
  • बेनी नगरपालिका र पर्यटन विभागको लगानीमा बेनीदेखि पौलत्स्य जगन्नाथ हँुदै टोड्के पुग्ने पदमार्ग निर्माणको काम शुरु भएको हो ।
  • पदमार्ग निर्माणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु चार लाख र पर्यटन विभागले रु तीस लाख विनियोजन गरेको बेनपा– ७ वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

बाबियाचौर, म्याग्दी, २४ चैत, सदरमुकाम बेनीदेखि मंगला र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जोड्ने पर्यटकीय पदमार्ग निर्माण कार्य शुरु भएको छ ।

बेनी नगरपालिका र पर्यटन विभागको लगानीमा बेनीदेखि पौलत्स्य जगन्नाथ हँुदै टोड्के पुग्ने पदमार्ग निर्माणको काम शुरु भएको हो । पदमार्ग निर्माणका लागि बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा रु चार लाख र पर्यटन विभागले रु तीस लाख विनियोजन गरेको बेनपा– ७ वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले विनियोजन गरेको बजेटबाट उपभोक्ता समितिले काम शुरु गरेका छन् । नगरपालिकामार्फत हुलाकचोक भन्दा माथिदेखि ११९ मिटर पदमार्ग निर्माण हुने भएको छ । यसअघि नगरपालिकाको दुई लाख पचास हजार लगानीमा हुलाकचोकदेखि ८५ मिटर पदमार्ग निर्माण भइसकेको छ ।

नगरपालिकाको बजेटको काम सकिएलगत्तै पर्यटन विभागको बजेटबाट काम शुरु गरिने उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताउनुभयो । यसवर्ष बेनीदेखि रामायण पार्कको प्रवेश विन्दुको रुपमा प्रस्तावित आँपरुखसम्म करिब डेढ किलोमिटर पदमार्ग पु¥याउने योजना छ । हाल भिरालो र कच्ची बाटो रहेको ठाउँमा पिसीसी ढलान गरेर पक्की पदमार्ग निर्माण गर्न लागिएको हो ।

बेनीदेखि पदमार्ग विस्तार गर्दे टोड्केसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष बानियाँले बताउनुभयो । पदमार्ग निर्माण भएपछि बेनीमा आउने पर्यटकलाई गुफाको डिल, पछै, जगन्नाथ, टोड्के भ्रमणका लागि सहज हुने अपेक्षा गरिएको छ ।

सात झोेलुङ्गे पुल बन्दै

धौलागिरि र मालिका गाउँपालिकामा यसवर्ष रु दुई करोडभन्दा बढीको लागतमा सात झोलुङ्गे पुल निर्माण शुरु भएको छ । जिल्ला समन्वय समिति, टिबीएसयु, गाउँपालिका र साझेदारी संस्था मिलन म्याग्दीको समन्वयमा मालिकामा चार र धौलागिरिमा तीन झोलुङ्गे पुल निर्माण शुरु भएको हो ।

धनमाने, जेल्टुङ र छहरी खोलामा कूल रु ९९ लाख २५ हजार ६५२ को लागतमा तीनवटा झोलुङ्गे पुल निर्माण शुरु भएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

अध्यक्ष पुनका अनुसार कूल लागतको छ प्रतिशत बराबरको रु पाँच लाख ९३ हजार गाउँपालिकाले सम्पुरक कोषबाट उपलब्ध गराउने भएको छ । मालीका गाउँपालीको टाक्से, नुन्थला, दोबिल्ला र दाङखोलामा एक करोड २२ लाख ७८ हजार २९८ रुपैयाको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्ग्गे पुल निर्माण भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई आवत जावतमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । आगामी असार महिना भन्दा अगावै पुल सम्पन्न गर्ने लक्ष्य सहित उपभोक्ता समितिले निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
हनुमानढोका दरबार क्षेत्रको पुनःनिर्माण तीव्र
मध्यपहाडी राजमार्गको हेटौडा–चतरा सडकखण्डको काममा लापर्वाही
मध्यपहाडी राजमार्गको हेटौडा–चतरा सडकखण्डको काममा लापर्वाही
Online Slots Online Spielautomaten 1500 Bonu
यी हुन् भारतको पहिलो अन्तरिक्ष यात्री
यी हुन् भारतको पहिलो अन्तरिक्ष यात्री
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ : डा. भट्टराई
चीनले अनुदानमा बनाईदिएमात्रै काठमाडौंमा रेल आउँछ : डा. भट्टराई
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;

तपाईंले छुटाउनुभयो कि?