काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
सारांश
- लामो समयदेखि रिक्त पदमा पदपूर्ति गरेसँगै गृह मन्त्रालयले अवधि पुगेका तथा खाली भएका ठाउँमा एसएसपी सरुवाको तयारी गरिरहेका बेला धानुक सबैको चासो रहने र अत्यन्तै चुनौतीपूर्ण पोस्टिङ मानिने काठमाडौं जिल्ला सम्हाल्न आउन लागेका हुन् ।
- प्रहरी प्रधान कार्यालय काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी गरेको छ / गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालबीच सहमति समेत भइसकेको प्रहरीनिकट उच्च स्रोतले जनाएको छ ।
- गृहमन्त्री शर्माले अर्को चुनौतीपूर्ण पोस्टिङ मानिने महानगरीय अपराध महाशाखाको प्रमुखमा धिरजप्रताप सिंहलाई ल्याउने चाहना देखाएको गृहस्रोतको दाबी छ ।
लामो समयदेखि रिक्त पदमा पदपूर्ति गरेसँगै गृह मन्त्रालयले अवधि पुगेका तथा खाली भएका ठाउँमा एसएसपी सरुवाको तयारी गरिरहेका बेला धानुक सबैको चासो रहने र अत्यन्तै चुनौतीपूर्ण पोस्टिङ मानिने काठमाडौं जिल्ला सम्हाल्न आउन लागेका हुन् । प्रहरी प्रधान कार्यालय काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी गरेको छ / गृहमन्त्री जनार्दन शर्मा र प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालबीच सहमति समेत भइसकेको प्रहरीनिकट उच्च स्रोतले जनाएको छ । गृहमन्त्री शर्माले अर्को चुनौतीपूर्ण पोस्टिङ मानिने महानगरीय अपराध महाशाखाको प्रमुखमा धिरजप्रताप सिंहलाई ल्याउने चाहना देखाएको गृहस्रोतको दाबी छ । भविष्यमा प्रहरी नेतृत्व सम्हाल्ने व्याचको दोश्रो वरियतामा रहेका सिंह यस अगाडि पर्सा र दाङको प्रहरी प्रमुखको रुपमा सफलता हासिल गरेका अधिकृत हुन् । डीएसपी हुँदा गोरखा र दोलखाको कमाण्ड सम्हालिसकेका सिंह काठमाडौँ प्रहरी परिसरमा अपरेशन इन्चार्ज भएर लामो समय काम गरिसकेका छन् । सिंहले पछिल्लो समय सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्न दाङमा सफल भूमिका खेलिसकेका उनी कमाण्ड कन्ट्रोल र अपरेसनमा पोख्त मानिन्छन् ।
प्रतिक्रिया