पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
५९ पटक हेरिएको
Shares
पर्यटनमन्त्री भट्टराई र इजरायली आर्थिक मामिलामन्त्रीबीच भेटवार्ता

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच आज जेरुसलेममा भेटवार्ता भएको छ ।
  • त्यस अवसरमा मन्त्रीद्वयबीच लगानी, व्यापार र पर्यटन प्रवृद्र्धनका साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।
  • मन्त्री भट्टराईले नेपालको जलविद्युत्, होटल, क्यासिनो र कृषिक्षेत्रमा इजरायली लगानीले प्रचुर प्रतिफल दिने उल्लेख गर्दै चिया, कफी, अलैँची र अन्य मसलाजन्य नेपाली उत्पादनको इजरायलमा बजारीकरण गर्न सकिने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच आज जेरुसलेममा भेटवार्ता भएको छ ।

त्यस अवसरमा मन्त्रीद्वयबीच लगानी, व्यापार र पर्यटन प्रवृद्र्धनका साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको तेल अबिबस्थित नेपाली राजदूतावासले जनाएको छ । मन्त्री भट्टराईले नेपालको जलविद्युत्, होटल, क्यासिनो र कृषिक्षेत्रमा इजरायली लगानीले प्रचुर प्रतिफल दिने उल्लेख गर्दै चिया, कफी, अलैँची र अन्य मसलाजन्य नेपाली उत्पादनको इजरायलमा बजारीकरण गर्न सकिने बताउनुभयो । सुसारे सेवालगायत रेष्टुराँ र अन्य व्यापारिक क्षेत्रमा नेपालीले इजरायलमा सेवा प्रवाह गर्न सक्ने उहाँले जानकारी गराउनुभयो ।

इजरायलका राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको भन्ने खबरले आफू हर्षित भएको मन्त्री भट्टराईले बताउनुभयो भने दुवै देशका मन्त्रीले व्यापारिक समुदायको भ्रमण आदान प्रदान गराउन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

हाल नेपालले भ्रमण वर्ष २०२० आयोजना गरिरहेको सन्दर्भमा इजरायली मन्त्रीलाई यसै वर्ष नेपाल भ्रमण गर्न मन्त्री भट्टराईले अनुरोध गर्नुभयो । इजरायली मन्त्रीले पनि नेपाल भ्रमणको निमन्त्रणा सहर्ष स्वीकार गर्नुभएको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘Masaan’ actress Shweta Tripathi looks cheerful at her mehendi ceremony, see pics
‘Masaan’ actress Shweta Tripathi looks cheerful at her mehendi ceremony, see pics
डर लाग्ने समस्या के हो ?
डर लाग्ने समस्या के हो ?
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने
आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने
प्राविधिक समस्या आएपछि हेटौँडा सिमेन्टको उत्पादन बन्द
प्राविधिक समस्या आएपछि हेटौँडा सिमेन्टको उत्पादन बन्द
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल
आजको मौसम : तीन प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना
आजको मौसम : तीन प्रदेशका उच्च भूभागमा हिमपातको सम्भावना
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
दक्षिण सुडानमा शान्ति सेनालाई पुर्याएर फर्किएका क्याप्टेन विजय लामालाई कोराना संक्रमण
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
‘एमसिसी अस्तिनै पास भइसक्नु पर्ने थियो, यो नेपालको हितमा छ’ : प्रधानमन्त्री ओली
‘एमसिसी अस्तिनै पास भइसक्नु पर्ने थियो, यो नेपालको हितमा छ’ : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?