दुई युरोपेलि शक्तिशाली टिमको भिडन्त ,ईतिहास कस्को बलियो?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १, २०७५
|
|
५७ पटक हेरिएको
Shares
दुई युरोपेलि शक्तिशाली टिमको भिडन्त ,ईतिहास कस्को बलियो?

सारांश

  • २०१० को विश्व विजेता स्पेन र २०१६ को यूरोपियन च्याम्पियन पोर्चुगलबीचको खेल समुह चरणको बहु–प्रतिक्षित खेल समेत हो ।
  • क्रिस्टियानो रोनाल्डाेको नेतृत्वमा रहेको पोर्चुगल पहिलो खेलमा स्पेनलाई हराउँदै विश्वकप जित्ने आधार प्रस्तुत गर्न चाहान्छ ।
  • तर, उसका लागि यो सहज भने छैन, किन भने स्पेन  पोर्चुगल विश्वकपको प्रमुख उपाधि दावेदार मध्ये एक हो ।

२०१० को विश्व विजेता स्पेन र २०१६ को यूरोपियन च्याम्पियन पोर्चुगलबीचको खेल समुह चरणको बहु–प्रतिक्षित खेल समेत हो । क्रिस्टियानो रोनाल्डाेको नेतृत्वमा रहेको पोर्चुगल पहिलो खेलमा स्पेनलाई हराउँदै विश्वकप जित्ने आधार प्रस्तुत गर्न चाहान्छ । तर, उसका लागि यो सहज भने छैन, किन भने स्पेन  पोर्चुगल विश्वकपको प्रमुख उपाधि दावेदार मध्ये एक हो ।

तर पाेर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डाेलार्इ याे पहिलाे खेल जित्नै पर्ने बाध्यता जस्तै छ किन कि याे विश्वकप राेनाल्डाेकाे लागि अन्तिम अबसर रहने छ । तर यता स्पेनले याे खेल बराबरीमा राेक्याे भनेपनि उस्काेलागी उपलब्धीपुण हुनेछ ।

स्पेनले बुधबार मात्रै प्रशिक्षक जुलन लोपेतेगुईलाई बर्खास्त गरेर फर्नान्डो हिएरोलाई नियुक्त गरेको छ । हिएरोले पहिलो खेलमै पोर्चुगलको सामना गर्देछन्, यो अर्को रोचक कुरा हो ।

समुह ‘बी’ मा रहेका दुई यूरोपियन ‘हेविभेट’ स्पेन र पोर्चुगल आज राति भिड्नेछन् । स्पेन र पोर्चुगलबीचको खेल सोची स्थित फिस्ट् ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार राति ११ः४५ बजे सुरु हुनेछ ।

इतिहास  
इतिहास हेर्दा पोर्चुगल भन्दा स्पेन बलियो छ ।  ३५ पटकको भेटमा स्पेनले १६ खेलमा जित दर्ता गर्दा पोर्चुगलले ६ खेलमा जित हात पारेको छ । दुई टोलीले १३ खेल बराबरी खेलेका छन् ।

पोर्चुगल विरुद्ध स्पेनले ७२ गोल गरेको छ, भने पोर्चुगलले ४१ गोल गरेको छ । विश्वकपका १४ संस्करणमा सहभागिता जनाएर स्पेनले एक उपाधि हात पारेको छ । पोर्चुगलले ६ संस्करणमा सहभागिता जनाएको छ । विश्वकपमा यो भन्दा अघि स्पेन र पोर्चुगल २०१० को विश्वकपमा भिडेका थिए । अन्तिम १६ मा भएको उक्त भेटमा स्पेन १–० ले विजयी भएको थियो ।

पोर्चुगलः रुई पेट्रिसियो, राफेल ग्वेरो, जोस फोन्टे, पेपे, सेड्रिक, जोओ मारियो, जोआयो मातिन्हो, विलियम, बर्नार्डो सिल्भा, क्रिष्टियानो रोनाल्डो, गोन्कालो ग्यूडेस
स्पेनः डेभिड डे गे, जोर्डी आल्बा, सर्जियो रामोस्, जेरार्ड पिके, सर्जियो बुक्वेट्स, थियोगो अल्कान्टरा, आन्द्रेस इनिएस्टा, इस्को, डेभिड सिल्भा, इस्को, डियोगो कोस्टा ,
यो खेल समुह ‘बी’ को समुहको विजेता को हुने ? भन्ने भर गर्ने छ । यो खेल जितेर मात्रै समुह विजेता हुन पर्याप्त हुँदैन । तर, यो खेल जित्ने र अन्य टोलीसँग पनि उत्कृष्ट प्रर्दशन गर्ने टोली समुह विजेता बन्ने छ ।

विश्लेषकहरुले यो खेलमा धेरै अन्तरको हार जित नहुने अनुमान गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?