पर्सामा मतदातालाई वितरण गर्न राखिएको ट्युववेल र पाइप बरामद
सारांश
- पर्सा ।
- पर्साको विरगञ्ज महानगरपालिकास्थित सौराहामा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई वितरण गर्न राखिएको ५ थान ट्युववेल र दुई क्वायल खानेपानीको पाइप बरामद गरिएको छ ।
- निर्वाचन आचारसंहिता अनुगमन टोलीले सोमबार नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुँगटाले मतदातालाई वितरण गर्न राखेको अवस्थामा उक्त समाग्री बरामद गरेको हो ।
पर्सा । पर्साको विरगञ्ज महानगरपालिकास्थित सौराहामा निर्वाचन आचारसंहिता विपरीत मतदातालाई वितरण गर्न राखिएको ५ थान ट्युववेल र दुई क्वायल खानेपानीको पाइप बरामद गरिएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन टोलीले सोमबार नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुँगटाले मतदातालाई वितरण गर्न राखेको अवस्थामा उक्त समाग्री बरामद गरेको हो ।
मतदाता रिझाउन उम्मेदवार रुँगटाले ट्युवेल वितरण लागेको भन्ने सूचनाका आधारमा स्थानीय कपिलदेव यादवको घरबाट पाइप र ट्युवेल बरामद निर्वाचन कार्यालयबाट खटेको आचारसंहिता अनुगमन अधिकारी योगेन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।
बरामद गरिएको सामग्री निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म यथास्थानमा राख्ने र वितरण वा जडान गरेमा निर्वाचन ऐन अनुसार कारबाही गर्ने चेतावनीसहित उम्मेदवार रुँगाटालाई पत्रस दिएको आचार्यले बताउनुभयो ।
प्रतिक्रिया