प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलको प्रस्ताव गरेका छन् । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमको परिधिमा रही बजेट ल्याउन लागेको बताएका छन्। 
अर्थमन्त्री खतिवडाले तयार पारको सो प्रस्तावमाथि यही बैशाख २९ र ३० गतेदेखि अर्थात् आईतबार र सोमबार छलफल हुने जानकारी सभामुख कृष्णबहादुर महराले जनाएका छन् । गत मंगलबार मात्रै सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफल सकिएको थियो । 
प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम राजश्व र व्ययका वार्षिक अनुमान सभामा प्रस्तुत हुनु भन्दा १५ दिन अगावै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा (कर प्रस्ताव बाहेक) संसदमा छलफल भईसक्नु पर्ने उल्लेख छ । नेपालको संविधानमा उल्लेख भए अनुसार सरकारले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गर्नै पर्ने भएकोले त्यसको १५ दिन अघि हुनेगरी सोमबार यसमाथिको छलफल सम्पन्न गर्न लागिएको हो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?