जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २६, २०८०
|
|
५० पटक हेरिएको
Shares
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श

सारांश

  • काठमडाैं ।
  • निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ ।
  • आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलको लेखा र लेखा परीक्षण सम्बन्धमा पनि छलफल गरेको छ ।

काठमडाैं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलको लेखा र लेखा परीक्षण सम्बन्धमा पनि छलफल गरेको छ ।

छलफलमा प्रमुख निर्वाचन दिनेशकुमार थपलियाले आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा संकुचन ल्याउने र प्रतिकूल प्रभाव पार्ने कार्य सरकारबाट हुन नहुने बताए । राजनीतिक दलका प्रतिनिधिले बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गरिएको विषयले आयोगको स्वायत्तता, निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा गम्भीर असर पर्ने देखिएको प्रतिक्रिया दिए ।

साथै संवैधानिक निकाय निर्वाचन आयोग मातहतका जिल्लास्थित निर्वाचन कार्यालयबाट भइरहेको काम अन्य निकायमा दिनु संविधान र प्रचलितकानुन प्रतिकूल हुने देखिएको बताए । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक र भर्खरै सम्पन्न तीनवटै तहका निर्वाचनपश्चात् निर्वाचनसम्बन्धी कागजात तथा निर्वाचन सामग्रीहरू सुरक्षित राख्नुपर्ने भएकाले जिल्ला निर्वाचन कार्यालयहरू यथावत् रूपमा राखी राख्न उपयुक्त हुने निर्वाचन आयोगको ठहर छ ।

निर्वाचन कार्यालय खारेजीका विषयमा सरकारबाट कुनै निर्णय भएको भए तत्काल उक्त निर्णय फिर्ता लिई जिल्ला निर्वाचन कार्यालय यथावत सञ्चालनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन आयोगमार्फत नेपाल सरकारलाई लेखी पठाउन बैठकले निर्णय गरेको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिए ।

सो अवसरमा दलका प्रतिनिधिहरुले आयोगबाट तयार गरिएको निर्वाचन व्यवस्थापन विधेयक स्वीकृतिको प्रक्रिया अघि बढाउने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन सुरु गर्ने, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणका सम्बन्धमा निर्वाचन आयोगलाई सहयोग गर्ने उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीविरुद्ध किन खनिए कमल थापा ?
ओलीविरुद्ध किन खनिए कमल थापा ?
नेपालद्वारा पहिलो पटक टी–२० क्लिन स्वीप, मलेसिया ६ रनले पराजित
नेपालद्वारा पहिलो पटक टी–२० क्लिन स्वीप, मलेसिया ६ रनले पराजित
पिपिएल क्रिकेट  चितवन राइनोज फाइनलमा
पिपिएल क्रिकेट  चितवन राइनोज फाइनलमा
राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’
राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’
सिपमुलक तालिमले आत्मनीर्भर वन्दै महिलाहरु
सिपमुलक तालिमले आत्मनीर्भर वन्दै महिलाहरु
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
गायक अजर जंगम अभिनयमा पनि उत्तीकै सशक्त-‘कुनै दिन’को म्युजिक भिडियो सार्वजनिक
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
क्यान्सर अस्पतालमा स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिन थाल्यो,आकस्मिक बाहेकका सेवा बन्द
संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
संघ र प्रदेशका लागि काँग्रेस र माओवादीले छाने उम्मेदवार
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति

तपाईंले छुटाउनुभयो कि?