पल शाह:रहरले होइन, अवसरले हिरो

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
३५ पटक हेरिएको
Shares
पल शाह:रहरले होइन, अवसरले हिरो

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं। चाहेका कुराहरु पुगेको भए पल शाह के बन्थे होलारु ‘सायद ट्याक्सी ड्राइभर’– यो जवाफ उनकै हो। आजभन्दा १५ वर्ष अगाडिको कुरा। विरानो सहर काठमाडौंमा पलको चिनेजानेका व्यक्ति विरलै थिए। शुरुमा आउँनासाथ आफन्तकोमा बसे। जागिरको खोजीमा लागे। तर, जागिर पाएनन्। बस्न–खान त त्यति गाह्रो थिएन। तर, पकेट खर्च नहुँदा समस्या भयो उनलाई। सोचे – विहान कलेज पढ्छु, दिउँसो ट्याक्सी चलाउँछु।काठमाडौंमा जागिर नपाउँदा पल ट्याक्सी चलाउने निश्कर्षमा पुगेका थिए। त्यसैले त ट्याक्सी सिक्न गए।

ट्याक्सीको स्टेयरिङ घुमाउन सक्ने भए। तर, अफसोच१ टयाक्सीमा यात्रु ओसारपसार गर्न नपाउने भए। कारण, – १८ वर्ष नपुगेको हुनाले उनको लाइसेन्स नबन्ने भयो। उनीसँग नागरिकतै थिएन।तर जे भयो, ठिकै भयो। त्यो समय उनको लाइसेन्स बनेको भए, आज कहाँ हुन्थे होला पलरु तर यसरी म्युजिक भिडियो र सिनेमामा छाउँदैनथे। ती दिन सम्झेर पल हाँस्दै भन्छन् –‘जे भो राम्रैको लागि भो।’

ट्याक्सी चलाउन त उमेर पुगेन। अरु भएपनि काम त गर्नुपर्यो। निर्देशक तथा एडिटर नितिन चन्दसँग उनको राम्रो चिनजान थियो। पललाई नितिनले सुझाए, –एडिटिङ सिक।पलले एडिटिङ सिके। तराई टेलिभिजनमा काम गर्न थाले। त्यतिबेला उनको सोच थियो, राम्रो एडिटर र एनिमेटर बन्ने। तर, पल ‘अनायासै’ म्युजिक भिडियोको मोडल पो बन्न पुगे। टेलिभिजनका अर्का एडिटर विज्ञान राईले पललाई अभिनयको अफर गरे। ‘सस्तो बजेटमा एउटा भिडियो गर्नुपर्ने छ। तिमीले अभिनय गर्नुपर्यो।

 


विज्ञानको यो आग्रहलाई पलले सहर्ज स्वीकारे। ‘तिम्रै यादमा रम्छु अचेल’बोलको गीतमा मोडलिङ गरे। ‘अनायासै’ मोडल बनेका पल त म्युजिक भिडियोमा स्थापित पो बन्दै गए। त्यसको केही समयपछि सुनिल गिरीको ‘को होला त्यो।।।’ले पललाई चिनाउन महत्वपूर्ण भूमिका खेल्यो। त्यसपश्चात ‘हनी बनी।।।’गीतमा मोडलिङ गरे। अनि त पलको म्युजिक भिडियोमा डिमाण्ड ‘अनायासै’ बढ्यो।पल हर्षित मुन्द्रा सफलता सुनाउँछन्–‘पहिलो गीतमा ‘अनायासै’ अभिनय गरे। त्यसपश्चात एउटा गरिहाँले अर्को अफर आईहाल्यो, यो नी गर्छु भनेर दोस्रोमा अभिनय गरेँ। तर, तेस्रो गीतमा अभिनय गरेपश्चात अफरको ओइरो नै लाग्यो।

दर्शकले पनि मेरो कामलाई रुचाउँदै जानुभयो।’पलको पाइला यसरी अगाडी बढ्यो उनले फुर्सद पाएनन्। विशेष गरी आधुनिक गीतका भिडियोमा पलको औधि डिमाण्ड रह्यो। पल जतिबेला म्युजिक भिडियो मोडलिङमा चर्चाको उत्कर्षमा थिए, सोही साही समय सिनेमामा डेब्यू गरे। यसरी भनौं, म्युजिक भिडियोमा पलको लोकप्रियतालाई सिनेमा निर्देशकले ‘क्यास’ गर्न चाहे।

जतिबेला पललाई ‘नाइ नभन्नू ल ४’को अफर आयो त्यो समयसम्म आफूले २ सय बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेको पल बताउँछन्। सुनाउँछन् –‘मेरा भिडियोहरुले राम्रो चर्चा पाइरहेका थिए। त्यही देखेर नै सिनेमाबाट अफर आएको हो।’सुरुमा त सिनेमामा अफर आउँदा आफू आश्चर्यमा परेको पल सुनाउँछन्। किनकी उनको सोच पनि तत्काल सिनेमामा आउने थिएन। तर, सिनेमामा पनि म्युजिक भिडियोमा जस्तै ‘अनायासै’ अफर आयो। पलले त्यसअघि नै म्युजिक भिडियोमा सहकार्य गरेका वर्षा राउत र आँचल शर्माले पनि ‘नाइ नभन्नू ल ४’बाट सिनेमामा डेब्यू गरे। सिनेमा सुपरहिट भयो। त्यो वर्ष डेब्यू नायकको ९० प्रतिशत अवार्ड पलले आफ्नो पोल्टामा पारे। त्यही सिनेमाबाटै पल र आँचलको जोडी लोकप्रिय भयो।

पलले दोस्रो सिनेमाका रुपमा ‘म यस्तो गीत गाउँछु’मा काम गरे । यो सिनेमा पनि हिट भइदियो। पल म्युजिक भिडियो र सिनेमा दुवैमा स्थापित बने। त्यसयता पलका ‘जोनी जेन्टलमेन’, ‘शत्रु गते’, ‘वीर विक्रम २’ प्रदर्शनमा आइसकेका छन्। ‘ह्दयभरी’ प्रदर्शनको तयारीमा छ भने ‘म यस्तो गीत गाउँछु २’मा काम गर्दैछन्।यहाँसम्म आउँदा पल आफूले अभिनय प्रशिक्षण भने कहिल्यै नलिएको बताउँछन्। भन्छन् –‘मेरो विगतका भिडियो, सिनेमा, कलाकार तथा निर्देशकहरुबाट सिक्दै गइरहेको हुन्छु।’

दाङको रामपुरमा जन्मिएका पललाई हिरो बन्छु भन्ने रहरै थिएन। ‘एसएलसीसम्म बुवाको कमाईमा पढेँ। बुवाले ‘प्लस टु’ पनि उँही पढने भन्नुभएको थियो। तर म अब आफ्नै कमाईले पढनुपर्छ भनेर काठमाडौं आएको थिए। अभिनय त मेरो कल्पनामै थिएन’– पल सुनाउँछन् –‘तर, समयसँगै आएका अवसरहरुलाई अंगाल्दै जाँदा म्युजिक भिडियो हुँदै सिनेमासम्म आइपुगेँ।’ पल दर्शकले आफूप्रति देखाएको मायाले आउँदा दिनमा अझ राम्रो काम गर्दै अगाडि बढन हौसला मिलेको बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
गृह मन्त्रालयलाई सर्वोच्चको परमादेश: नेपाली आमाका सन्तानलाई ‘अंगीकृत’
शरणार्थी’ प्रकरण : ‘संसदीय समिति’ गठन गर्न माग
शरणार्थी’ प्रकरण : ‘संसदीय समिति’ गठन गर्न माग
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
कोरियाग्राफर गम्भीर र अभिनेत्री शुष्माको लेनदेन विवाद
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
६ महिनापछि एकदिवसीय खेल्दै नेपाल
६ महिनापछि एकदिवसीय खेल्दै नेपाल
‘कुरै नबुझी जंगिए मन्त्री’ ! ‘थाङ्ने’ कर्मचारीसँग छलफल गर्नु पर्दैन : मन्त्री पण्डित
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द
कर्मचारीले तलब भत्ता नपाएपछि पालिकाकाे सेवा पूर्ण रुपमा बन्द
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित
चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै,भ्रमण आर्थिक विकासमा केन्द्रित