सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
४९ पटक हेरिएको
Shares
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै

सारांश

  • नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले आउदो चैत्र २२ गते शनिवार नेपाली काङ्ग्रेसका सभापती एबम सन्त नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
  • लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङले आज बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए ।
  • नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले आउदो चैत्र २२ गते शनिवार नेपाली काङ्ग्रेसका सभापती एबम सन्त नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ ।लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङले आज बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए ।

नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । भट्टराई प्रधानमन्त्री हुँदा नेपालले काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको थियो । त्यति बेला नेपाल पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै लैजाने लक्ष्य रहेको बताए । संघले नयाँ खेलाडी उत्पादन, खेलकुदको व्यसायिकरण र सन्यासपछिको सहज जीवनका लागि आउने दिनमा सम्बन्धित निकायमा पहल गर्ने पनि गुरुङले बताए ।

म्याराथुनका महिला र पुरुषत तर्फका दुवै विजेताले उपाधिसहित २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार तथा चौथो र पाँचौंले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघको प्रचारका लागि पनि तत्काल हाफ म्याराथनको आयोजना गरिएको जनाउँदै अध्यक्ष गुरुङले भविष्यमा अन्य प्रतियोगिता पनि आयोजना गरि खेलकुद तथा खेलाडीको विकासमा मेरुदण्डको भुमिका निर्भाह गर्ने बताए ।

म्याराथुन काठमाण्डौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहि स्थानमा पुगेर टुंगिने तय भएको जानकारी दिइयो ।

नेपाल एथलेटिक्स संघका सचिव एवंम प्रतियोगिताका निर्देशक आरके विष्टले हाफ म्याराथुन कमै आयोजना भइरहेको सन्दर्भमा यसरी प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए । अध्यक्ष गुरुङले प्रतियोगितामा ८०/८५ खेलाडीको सहभागिता रहने अनुमान गरिएको बताए ।

(voiceoverherald.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीपीएल क्रिकेटः सन्दिपको लगातार दोस्रो हार, धनगढीको शानदार जित !
पीपीएल क्रिकेटः सन्दिपको लगातार दोस्रो हार, धनगढीको शानदार जित !
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा गाँजा र अफिम खेती नष्ट
राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत सुरु (लाइभ भिडियो)
राष्ट्रपतिद्वारा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत सुरु (लाइभ भिडियो)
आजको राशिफल
आजको राशिफल
एनसेललाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम
एनसेललाई ६५ अर्ब कर तिर्न सरकारको १५ दिने अल्टिमेटम
मधेसलाई उपेक्षा गरियो : महन्थ ठाकुर
मधेसलाई उपेक्षा गरियो : महन्थ ठाकुर
जीवनरक्षाको भिक्षा माग्दै बहिर्गमित जनसेनाको परिवार, नेताहरु बेखबर !
जीवनरक्षाको भिक्षा माग्दै बहिर्गमित जनसेनाको परिवार, नेताहरु बेखबर !
आठौँ राष्ट्रिय खेलकूद र साग ढोकामा, रंगशाला भने अलपत्र
आठौँ राष्ट्रिय खेलकूद र साग ढोकामा, रंगशाला भने अलपत्र
प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल
प्रत्येक वर्ष १ वैशाखमा मात्र फुल्ने प्रेम र सद्भावको प्रतीक अनौँठो फूल

तपाईंले छुटाउनुभयो कि?