पहिरो पन्छाउन दिनभर लाग्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र २६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
पहिरो पन्छाउन दिनभर लाग्ने

सारांश

  • चितवन, २६ भदौ ।
  • नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ ।
  • सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो ।

चितवन, २६ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ । सो स्थानमा आज बिहान १ः३० बजे पहिरो खसेको थियो । अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको छ ।नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार रुखसहित पहाडको ढिस्को खसेपछि सडक अबरुद्ध भएको हो । खनालले भन्नुभयो, “निकै ठूलो पहिरो छ, पन्छाउन दिनभर लाग्छ ।” सो ठाउँमा तीन लोडर र दुई एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन् । १०० मिटर सडक पहिरोले ढाकेको छ । खनालका अनुसार १०० मिटर माथिबाट ठूला ढुङ्गासहितको पहिरो झरेको हो ।

चार किलोमा अहिलेसम्मकै ठूलो पहिरो खसेको खनालले बताउनुभयो । सोही सडकको गाईघाट, जलबिरे, कालिखोला, १७ किलोलगायतका ठाउँमा पनि पहिरो खसेका छन् । ती ठाउँका पहिरो सानो भएकाले छिट्टै सफा गर्न सकिने आयोजनाले जनाएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको जनाइएको छ ।सडक बन्द भएसँगै यात्रु प्रभावित भएका छन् । हरितालिका तीजको आज दरखाने दिन भएकाले माइत जाने, आउने सयौँ महिला सडकमै बिचल्लीमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको स्पष्टीकरण  हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
प्रचण्डको स्पष्टीकरण हामी हिंसात्मक आन्दोलनतर्फ जाँदैनौं, ओलीले संविधानको हत्या गरे
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
कोमाबाटै सेवानिवृत्त हुँदै डिआइजी श्रेष्ठ
परिसरमा पोखरेलको पदबहाली
परिसरमा पोखरेलको पदबहाली
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
नौ दलको साझा धारणा : सङ्क्रमणकालीन न्यायका बारेका उठेका विषयलाई अविलम्ब टुुङ्गोमा पुर्‍याउँछौँ
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै
जिम्मेवारी पूरा नगर्ने आठजना सेवाबाट बर्खास्त
जिम्मेवारी पूरा नगर्ने आठजना सेवाबाट बर्खास्त
पाँच सय रोपनीमा सामूहिक आलु खेती
पाँच सय रोपनीमा सामूहिक आलु खेती
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री
धनकुटाका ६७ मतदान केन्द्र अपांगतामैत्री

तपाईंले छुटाउनुभयो कि?