नेपालकाे पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला तय
सारांश
- काठमाडौँ, १० जेठ ।
- नेपालले एकदिवसीय मान्यता पाएको दुई महिना पछि आफ्नो पहिलो एकदिवसीय खेलको टुङ्गो लागेको छ ।
- बुधबार नेपालले आफ्नो पहिलो एकदिवसीय शृङ्खला नेदरल्याण्डसँग १ र ३ अगस्तमा खेल्ने आइसीसीले जनाएको हो ।
काठमाडौँ, १० जेठ । नेपालले एकदिवसीय मान्यता पाएको दुई महिना पछि आफ्नो पहिलो एकदिवसीय खेलको टुङ्गो लागेको छ ।
बुधबार नेपालले आफ्नो पहिलो एकदिवसीय शृङ्खला नेदरल्याण्डसँग १ र ३ अगस्तमा खेल्ने आइसीसीले जनाएको हो । 
दुई वटा मात्र खेल खेलिने उक्त शृङ्ला नेदरल्याण्ड मै हुनेछ । आइसीसीले विश्व कप छनोटको खेललाई पनि एकदिवसीय मान्यता दिएपछि नेपाल अहिले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट वरियतामा १५ औँ स्थानमा छ । भने नेदरल्याण्ड १४ औँ स्थानमा रहेको छ । त्यस्तै अरु असोसीएट राष्ट्र स्कटल्याण्ड र युएई भने क्रमश १४ औँ र १६ स्थानमा छन् । आयरल्याण्ड र अफगानीस्तानले भने गएको डिसेम्बर मै टेस्ट राष्ट्रको मान्यता पाएका थिए ।
२०७४ सालको फागुनमा एकदिवसी मान्यता पाएदेखि नै नेपालको पहिलो शृङ्खलाको प्रतिक्षा सबैलाई भैरहेका बेला यो सबैका लागि खुसीको खबर हुनेछ । यसअघि नेपाल र नेदरल्याण्ड ५० ओभरको खेलमा जम्मा ५ पटक भिडेका छन् । जसमा तीन खेलमा नेदरल्याण्ड र दई खेलमा नेपाल विजयी भएको थियो । टि– २० मा भने ४ खेलमा नेदरल्याण्ड र नेपालको आँकडा ३—१ को छ ।
एकदिवसीय शृङ्खला अघि नेपाल एमसीसीको निमन्त्रणामा त्रिकोणात्मक टि– २० खेल्न इंल्याण्ड जाँदैछ । खेल नेदरल्याण्ड, नेपाल र एमसीसी को बीच लर्डसमा हुनेछ ।
प्रतिक्रिया