पाँच वर्षदेखि थलियो बागलुङ सङ्ग्रहालय

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
६१ पटक हेरिएको
Shares
पाँच वर्षदेखि थलियो बागलुङ सङ्ग्रहालय

सारांश

  • गलकोट, २८ मङ्सिर , जिल्लामा भएका ऐतिहासिक तथा धार्मिक वस्तु सङ्ग्रहित गर्नका लागि निर्माण गर्न थालिएको बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र छ ।
  • जिल्लाका आदिवासी तथा जनजातिको अगुवाइमा बागलुङ नगरपालिका–१ रामरेखा सामुदायिक वन उपभोक्ता समितिको एक रोपनी जग्गामा विसं २०७० मा निर्माण शुरु गरिएको सङ्ग्रहालय बजेट अभावका कारण थला परेको आदिवासी जनजातिका अगुवा बताउँछन् ।
  • “तत्कालीन जिल्ला विकास समितिमार्फत आउने आदिवासी जनजातिको बजेटले सङ्ग्रहालय निर्माण थाल्यौँ”, सङ्ग्रहालय निर्माण अभियानमा सक्रिय भएका गणेश थापाले भन्नुभयो, “निर्माण थालेको दुई वर्षपछि बजेट आउन बन्द भएपछि सङ्ग्रहालय निर्माण अलपत्र बन्यो ।

गलकोट, २८ मङ्सिर , जिल्लामा भएका ऐतिहासिक तथा धार्मिक वस्तु सङ्ग्रहित गर्नका लागि निर्माण गर्न थालिएको बागलुङ सङ्ग्रहालय पाँच वर्षदेखि अलपत्र छ । जिल्लाका आदिवासी तथा जनजातिको अगुवाइमा बागलुङ नगरपालिका–१ रामरेखा सामुदायिक वन उपभोक्ता समितिको एक रोपनी जग्गामा विसं २०७० मा निर्माण शुरु गरिएको सङ्ग्रहालय बजेट अभावका कारण थला परेको आदिवासी जनजातिका अगुवा बताउँछन् ।

“तत्कालीन जिल्ला विकास समितिमार्फत आउने आदिवासी जनजातिको बजेटले सङ्ग्रहालय निर्माण थाल्यौँ”, सङ्ग्रहालय निर्माण अभियानमा सक्रिय भएका गणेश थापाले भन्नुभयो, “निर्माण थालेको दुई वर्षपछि बजेट आउन बन्द भएपछि सङ्ग्रहालय निर्माण अलपत्र बन्यो ।”

बागलुङ जिल्लाको प्रमुख धार्मिक गन्तव्य कालिका भगवती मन्दिरको अगाडि रहेको अलपत्र सङ्ग्रहालयले मन्दिर आउने पर्यटकलाई समेत गिज्याएको छ । चार तलासम्म निर्माण गर्ने गरी शुरुमा रु पाँच लाख ७४ हजारको बजेटले काम गरेको सङ्ग्रहालयमा हालसम्म रु १९ लाख खर्च भइसकेको छ ।

अहिले सङ्ग्रहालय निर्माणस्थल अलपत्र अवस्थामा छ भने सङ्ग्रहालयको वरपर कबाडी सामान राखिएको छ । तत्कालीन आदिवासी जनजाति महासङ्घका सदस्य तेजेन्द्र थापाले स्थानीय तहले चासो देखाए अझै पनि सङ्ग्रहालय निर्माण गर्न सकिने बताउनुभयो । “स्थानीय तहको निर्वाचनपछि सङ्ग्रहालय निर्माण सम्पन्न गर्न क्रियाशील छौँ”, बागलुङ नगरपालिका वडा नं १ रामरेखाका वडाध्यक्ष दुर्गाबहादुर सार्कीले भन्नुभयो, “बागलुङ जिल्लाको पहिचान झल्कने गरी निर्माण सम्पन्न गर्ने भनेर आगमी दिनमा नगरको योजनामा समावेश गर्ने तयारीमा छौँ ।”

आगामी वर्ष नगरपालिकाले बजेट विनियोजन गरी निर्माण सम्पन्न गर्ने तयारी गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । सङ्ग्रहालय निर्माण सम्पन्न गर्न रु झण्डै एक करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
ओली नेपाल सम्बन्ध सुमधुरतर्फ, मंसीर पहिलो साता मन्त्रिपरिषद हेरफेर हुँदा यी बन्न सक्छने मन्त्री
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
माओवादी केन्द्रका नेताहरु लक्षितगरि बम प्रहार ।
माओवादी केन्द्रका नेताहरु लक्षितगरि बम प्रहार ।
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र
प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अलपत्र
डढेलो प्रभावित क्षेत्र पुगे अमेरिकी राष्ट्रपति
डढेलो प्रभावित क्षेत्र पुगे अमेरिकी राष्ट्रपति
७५३ जना मागेकोमा २४ हजारले दिए निवेदन
७५३ जना मागेकोमा २४ हजारले दिए निवेदन
नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
नेपाल-अमेरिका टी-२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन
आज नेविसंघको भविश्य निर्धारण गर्दै काँग्रेस
आज नेविसंघको भविश्य निर्धारण गर्दै काँग्रेस

तपाईंले छुटाउनुभयो कि?