पाहुना उम्मेदवार भनेपछि आरजूले घरै किनिन्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २३, २०७४
|
१
|
५१ पटक हेरिएको
Shares
पाहुना  उम्मेदवार भनेपछि आरजूले घरै किनिन्

सारांश

  • धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन् ।
  • निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार’ भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेकी हुन् ।
  • तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको खुलेको छ ।

धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राणा देउवाले धनगढीमा नयाँ घर खरिद गरेकी छन् । निर्वाचन प्रचारका क्रममा विपक्षीले ‘पर्यटक उम्मेदवार’ भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेकी हुन् ।

तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको खुलेको छ । यति मात्र होइन, उनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् । स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार पाँच सय वर्गफिटको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ । हमालले तीन वर्षयता घर बिक्रीमा राखेकी थिइन् ।

आरजू कात्तिक १४ गते धनगढी आएकी थिइन् । त्यसलगत्तै उनले निर्वाचन प्रचार थालेकी थिइन् । उनले धेरै कार्यक्रममा ‘माइतीले कन्यादान गरेर सुदूरपश्चिम दिएको’ उल्लेख गर्दै आफू सुदूरपश्चिमकी बुहारी भएको बताउँदै आएकी थिइन् । उनी साइत हेरेर नयाँ घरमा सरे पनि नामसारीको काम भने सकिएको छैन । घरधनी हमालले आरजूले बैना दिएको तर बैंकको काम हुँदासम्म समय मागेकाले घरजग्गा पास गर्न केही समय लाग्ने बताइन् ।
घर खरिद गरी सरेको थाहा पाएपछि पत्रकारहरू त्यहीं पुगेका थिए । नयाँ घरको आँगनमा बसिरहेको भेटिएकी उनले भने धनगढीमा घर किन्ने सोच बनाएको प्रतिक्रिया दिँदै कुरा मिलेपछि खरिद गर्ने बताइन् ।

कांग्रेस उम्मेदवार आरजू राणा देउवा धनगढीमा नयाँ घर खरिद गरी सरिसके पनि नामसारी भने भएको छैन

उनको घर मुख्य बजार र पक्की सडकबाट झन्डै तीन सय मिटर आवासीय क्षेत्रमा पर्छ । त्यहाँ जानका लागि तीन सय मिटरजति कच्ची सडक हिँड्नुपर्छ । तर, बुधबारदखि नै मुख्य सडकबाट उत्तरतिरको सडकमा ग्राभेल हालेर पक्की बनाउने तयारी थालेको स्थानीयले बताएका छन् । उक्त सडकको एउटा खण्ड अहिले सघन शहरी विकास आयोजनाबाट पक्कि हुने टेन्टरमा परेको छ । असारमै ठेक्का भएको सडक आरजुले घर किन्ने वित्तिकै पक्की हुन सुरु भएको स्थानीयले बताएका छन् ।

धनगढी प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो संविधानसभा निर्वाचन जितेको क्षेत्रसमेत हो । देउवा त्यस बेला डडेलधुरा र तत्कालीन कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट निर्वाचित भएका थिए । यसपटक कैलालीमा प्रतिनिधिसभाका लागि पाँच निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Manojkumar Paudel

    Luteko paisa jati ni chh

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
अव्यवस्थित पार्किङले काठमाडौँ अस्तव्यस्त
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
सङ्कटको समयमा महत्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छः गृहमन्त्री (अन्तर्वार्ता)
त्रिकोणात्मक टि-२० सिरिज :  हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
त्रिकोणात्मक टि-२० सिरिज : हङकङलाई पराजित गर्दै नेपाल फाइनलमा
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
३ गतेपछि पुनः नागरिकता वितरण हुन्छ !! मधेशीलाई भारतीय देखे : दीपेन्द्र झा
३ गतेपछि पुनः नागरिकता वितरण हुन्छ !! मधेशीलाई भारतीय देखे : दीपेन्द्र झा
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
नेपालसँगको मित्रता अझ कसिलो र सुमधुर हुनुपर्ने भारतको चाहना : कोस्यारी
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ, छठ आउँदै गर्दा डोम समुदाय पनि खुशी– सञ्जीतकुमार मण्डल
दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ, छठ आउँदै गर्दा डोम समुदाय पनि खुशी– सञ्जीतकुमार मण्डल
ट्रक दुर्घटना हुँदा चार घाइते  ।
ट्रक दुर्घटना हुँदा चार घाइते ।

तपाईंले छुटाउनुभयो कि?