पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

पोखरा,  २५ जेठ । पाेखरामा बन्दै गरेकाे विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएकाे छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्र्तराष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन बुझाएको थियो ।

यता पाेखरेलीहरूले विमानस्थल विरोधीहरुलाई विज्ञ टिममा राखेर प्रतिवेदन बनाइएको आरोप लगाएका छन ।

पोखरा उद्योग बाणिज्य संघद्धारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरुले यस्ताे अाराेप लगाएका हुन ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले ‘विमानस्थल निर्माणको काम भइरहँदा भाँजो हाल्ने गरी उडानका लागि अयोग्य भनेर प्रतिवेदन आउनु जन्ती लिएर घर पुगिसकेपछि दुलही त अयोग्य रहिछन् भनेजस्तो  भएकाे बताए  ।

पालिखेजस्तै पोखरेली व्यवसायी तथा अगुवाले विमानस्थलबारे सरकारी अध्ययन टोलीले हालै बुझाएको प्रतिवेदनलाई पूर्वाग्रही र दूर्भाग्यपूर्ण भनेका छन् । पोखरेली नेता समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काँधमा राखेर बन्दुक हान्न खोजिएको उनीको दाबी छ ।

पर्यटनमन्त्री अधिकारीले नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाव दिन २५ चैतमा पूर्वसचिव वीरेन्बहादुर देउजा संयोजकत्वमा २१ सदस्यीय विज्ञ समूह गठन गरेका थिए । जसमध्ये पूर्वसचिव देउजा, क्याप्टेन पीजे शाह, सिभिल इन्जिनियर कमल केसी, सुमन श्रेष्ठ र प्रभा वैद्यको टिमले तयार पारेको प्रतिवेदन सार्वजनिक भएसँगै पर्यटनमन्त्री अधिकारीमाथि नै प्रश्न उठेको छ ।
यसअघि नै पोखरामा विमानस्थल बन्न हुँदैन भन्ने टोलीले तयार पारेको प्रतिवेदनमाथि विश्वास गर्ने ठाउँ नै नभएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए ।

‘नागरिक उड्डयन प्रधिकरणमाथि नै प्रश्न छ, उ आफैं विमानस्थल बनाउन चाहन्छ कि चाहँदैन रु’ पूर्व अध्यक्ष मुल्मीले भने, ‘विमानस्थलको मोडेल, त्यहाँ केके रहने, कस्तो बन्ने भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।’

२ वर्षमा ८ प्रतिशत प्रगति, २ अर्ब खर्च
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको दुई वर्ष बितिसकेको छ । २ वर्षमा ८ प्रतिशतमात्र भौतिक पूर्वाधार निर्माण भएको छ । विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनाकर्मीले विमानस्थल निर्माणको काम नरोकिएको बताउँछन् ।

‘काम भइरहेको छ । डिजाइनसहित १२ प्रतिशत र भौतिक पूर्वाधार निर्माणमात्र ८ प्रतिशतले प्रगति भएको छ’ प्रमुख मुनकर्मीले भने, ‘सरकारी अध्ययन टोलीले ठूला जहाज आउन नसक्ने, २ सय सिट क्षमतासम्मको मझौला जहाज आउन सक्छ भनेको हो ।’ प्रमुख मुनकर्मीले अहिलेसम्म २ अर्ब रुपैयाँ खर्च भएको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?