पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख ४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
पिउरी दोभानमा जीप दुर्घटनाः चालकको मृत्यु, सात घाइते

सारांश

  • दमौली ।
  • पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
  • दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग१ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट एक सय आठ फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो । जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन् ।

घाइतेमध्ये मोतिकलाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ भने अन्य घाइतेको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
किन चिन्ता गर्नुहुन्छ ?’ भनेकी महिलाले चिन्तामा यसरि डुबाए पछि …
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
आखिर किन यी चर्चित अभिनेत्रीले बीच सडकमा देखाइन् …?
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
सुनचाँदीको भाउ ओरालो लाग्यो, प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग ‘शीघ्र महाधिवेशन’
श्रीमती करणी गरेको आरोपमा उदयपुरमा एक पक्राउ
श्रीमती करणी गरेको आरोपमा उदयपुरमा एक पक्राउ
गठबन्धनमा भागबण्डाको सकस, बाबुरामलाई गोरखामा रोक्ने माओवादी रणनीति,
गठबन्धनमा भागबण्डाको सकस, बाबुरामलाई गोरखामा रोक्ने माओवादी रणनीति,
निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह
निर्वाचनमा भाग लिन सबै दललाई प्रधानमन्त्रीको आग्रह
गाउँ घुम्न आउने पाहुनालाई दुई किलो स्याउ निःशुल्क
गाउँ घुम्न आउने पाहुनालाई दुई किलो स्याउ निःशुल्क