पुजा गरेर फर्किएका तिर्थयात्रीको मृत्यु
सारांश
- काठमाडौं, ४ भदाै।
- संखुवासभाको धार्मिक तथा पर्यटकिय स्थल सभापोखरी पुजा गरेर फर्किएका पाँचखपन नगरपालिका- ८, चुङखुरुङ आहालेका हर्क बहादुर न्यौपानेको बाटोमा मृत्यु भएको छ ।
- नागपञ्चमीका दिन सभापोखरीमा पुजा गरी फर्किएका उनी चारराते भन्ने स्थानमा आइपुगेर बिरामी परेका थिए ।
काठमाडौं, ४ भदाै। संखुवासभाको धार्मिक तथा पर्यटकिय स्थल सभापोखरी पुजा गरेर फर्किएका पाँचखपन नगरपालिका- ८, चुङखुरुङ आहालेका हर्क बहादुर न्यौपानेको बाटोमा मृत्यु भएको छ ।
नागपञ्चमीका दिन सभापोखरीमा पुजा गरी फर्किएका उनी चारराते भन्ने स्थानमा आइपुगेर बिरामी परेका थिए । बिरामी परेका न्यौपानेलाई घर ल्याउन नसकेपछी त्यही राखिएको थियो । शनिबार बिहान उद्धारका लागि १२ जना गएका थिए । लिएर फर्किने क्रममा तेर्से भन्ने स्थानमा उनको मृत्यु भएको हो ।न्यौपाने सहितअरु ८ जना साउन २८ गते सभापोखरी गएका थिए ।
सभापोखरीमा नागपञ्चमी देखि जनैपूर्णिमासम्म भक्तजनको भिड लाग्ने गरेको छ ।
जिल्लामा अन्य तिर्थ स्थलमध्ये धार्मिक आस्थाका मुख्य केन्द्र मानिएको यस पोखरी जान निकै समस्या भएको छ । शुक्रबार पनि सभापोखरीमा ३ जना बिरामी परेपछी हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । सभापोखरीमा नागपञ्चमी देखि जनैपूर्णिमासम्म भक्तजनको भिड लाग्ने गरेको छ ।
प्रतिक्रिया