पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
सारांश
- काठमाडौं, २१ बैशाख ।
- यातायात व्यवस्था विभागले पुरानो बसपार्कदेखि नयाँ बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको छ ।
- पुरानो बसपार्कदेखि सुन्धारा, रत्नपार्क, लैनचौर, सामाखुसी हुँदै चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरिएको विभागका निर्देशक तुल्सीराम अर्यालले बताए ।
काठमाडौं, २१ बैशाख । यातायात व्यवस्था विभागले पुरानो बसपार्कदेखि नयाँ बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको छ । पुरानो बसपार्कदेखि सुन्धारा, रत्नपार्क, लैनचौर, सामाखुसी हुँदै चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरिएको विभागका निर्देशक तुल्सीराम अर्यालले बताए ।
सिण्डिकेट हुनुपर्ने मागसहित सर्वसाधारणको जनजीवनमा असर पार्ने गरी बन्द हड्तालमा उत्रिएका व्यवसायीका अन्य गाडीको पनि रुट परमिट खारेज हुने उनले बताए । बन्द हडतालमा उत्रिएका अन्य व्यवसायीका गाडीहरुको रुट परमिट पनि खारेज गर्नेगरी सरकार अगाडि बढेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
RaZu GRg
अब परिवार लिएर मुन्ग्लन घुम्न जाउ
Paswan Ramjanam
Good
Yadav Pandey
बैंकबाट रकम निकालेर जनतालाई ठगी ब्यबसायि गर्ने ठग चोर हरुको गाडी राज्य पर्ति ईमान्दारि ब्यबसाय गर्ने ब्यबसायिकलाई लिलामी दिनु पर्छ