पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
५८ पटक हेरिएको
Shares
पुस १५ देखि प्रदेशबाटै श्रम स्वीकृति दिने तयारी

सारांश

  • धनुषा, ९ पुस,श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ ।
  • मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो ।
  • मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन ।

धनुषा, ९ पुस,श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ ।

मन्त्रालयले एकपटक विदेशबाट आएकाको हकमा सातवटै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनःश्रम स्वीकृति दिने निर्णय गरेको थियो । मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन ।

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दीबमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ । श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन् ।

श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा शुरु गर्न आन्तरिक तयारी भइरहेको बताउनुभयो । उहाँले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “पुस १५ देखि सेवा शुरु गर्न सकिने अवस्था हेरेर नै समयसीमा तोकिएको हो र सोहीबमोजिम तयारी भइरहेको छ ।”

श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताउनुभयो । उहाँले तोकिएको समयबाट नै सेवा शुरु हुने बताउनुभयो । नायब सुब्बा रमेशकुमार दासले दुई जना शाखा अधिकृत आउने तरखरमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी
प्रम ओली भन्छन् राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ
प्रम ओली भन्छन् राष्ट्रपतिलाई मेरो सरकार भन्ने हैसियत छ
सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग
सिन्धुपाल्चोकका पहिरो पीडितलाई सहयोग
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह नियुक्त
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ
पेस्तोलको गोली र लागूऔषधसहित सरकारी कर्मचारी पक्राउ
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा
पोर्न भिडियो सार्वजनिक भएपछि माेडल परि तामाङ पुगिन टेकु प्रहरीमा
शेयर परिसूचक नेप्से घट्यो, कारोबार रकममा उच्च वृद्धि
शेयर परिसूचक नेप्से घट्यो, कारोबार रकममा उच्च वृद्धि
बेशाख ३० भित्र सरकार बनाउन दाबी गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान
बेशाख ३० भित्र सरकार बनाउन दाबी गर्न दलहरुलाई राष्ट्रपतिको आह्वान

तपाईंले छुटाउनुभयो कि?