पुस १८ गते शुक्रबारको राशिफल यस्तो छ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १८, २०७६
|
|
७६ पटक हेरिएको
Shares
पुस १८ गते शुक्रबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला ।
  • आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
  • आफन्त संग मनमुटाव बढ्ला ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नियमित खर्चसमेत बढ्ने योग छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । धार्मिक यात्राउनि होला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सबैले तपाईंको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । शुभकार्यको चर्चा चल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

(https://chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा सवारी दुर्घटनाः तीन वर्षमा पाँच सय बढीको मृत्यु
सुदूरपश्चिममा सवारी दुर्घटनाः तीन वर्षमा पाँच सय बढीको मृत्यु
साउदी अरबका महिला खुशी
साउदी अरबका महिला खुशी
यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)
यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
बिनास्वीकृति सामाजिक सञ्जालमा विज्ञानपन गर्ने दुई मेनपावर कारबाहीमा
ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु
ट्याक्टरले मोटरसाईकललाइ किच्दा एक जनाको मृत्यु
एमालेभित्र राष्ट्रपति बन्न लबिङ
एमालेभित्र राष्ट्रपति बन्न लबिङ
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
मोबाइलको प्रयोग धेरै नगनुहोस्, पाइन्टको खल्तीमा पनि सकेसम्म नराख्नुस ! यस्ता छन् कारणहरु
आँटामा पैसा हालेर बाँड्ने म होइनः आमिर खान
आँटामा पैसा हालेर बाँड्ने म होइनः आमिर खान
प्रधानमन्त्री देउवाको हातमा यी तीन जनाको नाम: कसले मार्ला बाजी ?
प्रधानमन्त्री देउवाको हातमा यी तीन जनाको नाम: कसले मार्ला बाजी ?
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;
सांसदहरुको बिदाइमा नेताको सम्बोधन,सभामुखको रात्रिभोज,सांसदले पाउने भए स्थायी लोगो;