पूर्णता पायो मधेस प्रदेश सरकारले

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २४, २०७९
|
|
५० पटक हेरिएको
Shares
पूर्णता पायो मधेस प्रदेश सरकारले

सारांश

  • जनकपुरधाम ।
  • मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।
  • मङ्गलबार नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्रिपरिषद्मा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो ।

जनकपुरधाम । मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मङ्गलबार नेकपा (माओवादी केन्द्र)का तर्फबाट मन्त्रिपरिषद्मा सहभागिता भएपछि प्रदेश सरकारले पूर्णता पाएको हो । माओवादीको तर्फबाट पठाइएका एक मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा मङ्गलबार दिउँसो पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष नेकपा (माओवादी केन्द्र)का तर्फबाट उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र मुख्यमन्त्री यादवसमक्ष सोही मन्त्रालयको राज्यमन्त्रीमा रहबर अन्सारीले पद तथा गोपनीयताको शपथग्रहण गरे । यादवले मैथिली भाषामा र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथग्रहण गरेका थिए ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा मन्त्री यादव समानुपातिकतर्फ र राज्यमन्त्री अन्सारी प्रत्यक्षतर्फ पर्सा क्षेत्र नं १(१) बाट निर्वाचित भएका हुन् ।

यसअघि मुख्यमन्त्री यादवले २९ पुसमा तीन जना मन्त्रीसँगै शपथग्रहण गरेका थिए भने २० माघमा छ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै मुख्यमन्त्रीसहित १० मन्त्री र चार राज्यमन्त्री गरी १५ सदस्यीय मधेस प्रदेश सरकारले पूर्णता पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
भोली खण्डग्राश चन्द्रग्रहण, ज्योतिष विज्ञान अनुसार भुलेर पनि यी ५ काम गर्नु हुँदैन
एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा‘
एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा‘
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो
संघीयता खारेजीको माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन
संघीयता खारेजीको माग राख्दै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन
चिठी घटे पार्सल बढे !
चिठी घटे पार्सल बढे !
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको  २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
नरेन्द्र मोदीको भ्रमण: मञ्च व्यवस्थापनको २ करोड कता व्यवस्थापन गरे यि मन्त्रीले ?
अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना
ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु
ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु
निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छः सभापति देउवा
निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्छः सभापति देउवा
महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट
महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक सङ्कट

तपाईंले छुटाउनुभयो कि?