पूर्वप्रधानमन्त्री डा.भट्टराई अस्पताल भर्ना
सारांश
- भक्तपुर, २१ साउन ।
- नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ ।
- गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा आज अपराह्न भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।
भक्तपुर, २१ साउन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ ।
गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा आज अपराह्न भर्ना हुनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिनुभयो ।
डा बर्माले भन्नुभयो, “पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।” अस्पतालमा चार दिनसम्म उपचार गराएपछि उहाँलाई घर पठाइने अस्पतालले जनाएको छ ।
प्रतिक्रिया