पूर्वराजा ज्ञानेन्द्रलाई संघियताबारे चिन्ता

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
६१ पटक हेरिएको
Shares
पूर्वराजा ज्ञानेन्द्रलाई   संघियताबारे चिन्ता

सारांश

  • काठमाडौं ७ फागुन ।
  • पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गरेका छन् ।
  • ६९ औं प्रजातान्त्रिक दिवसको अवसरमा सोमबार आम नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र भएपनि केही समयदेखि आफुले गरेको देशदर्शनका क्रममा जनतामा त्यो नपाएको बताएका छन् ।

काठमाडौं ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गरेका छन् । ६९ औं प्रजातान्त्रिक दिवसको अवसरमा सोमबार आम नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र भएपनि केही समयदेखि आफुले गरेको देशदर्शनका क्रममा जनतामा त्यो नपाएको बताएका छन् ।

पूर्वराजा शाहले भनेका छन् ः ‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’

    यो पनि पढ्नुहोस्

शाहले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

उनले पछिल्लो समयमा मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको दाबी गर्दै सनातनिक धर्म, संस्कृति र आफ्नै मौलिक आदर्श र मान्यता समेत धर्मान्तरको प्रक्रियाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखापरेको बताएका छन् ।

त्यस्तो जनअसहमत कार्यप्रति राज्यको ध्यान जानुपर्ने आफ्नो दृढ धारणा रहेको समेत पूर्वराजा शाहले स्पष्ट पारेका छन् । उनले आफ्ना जिजुबुबा श्री ५ त्रिभुवनले प्रजातन्त्रका लागि गरेको त्याग, उत्सर्ग र योगदानको स्मरण समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
पुर्ननिर्माण प्राधिकरणका कर्मचारी रातो भाले रेस्टुरेन्टबाट पक्राउ
मेगा बैंकको मुद्दती खातामा ६ गुणा प्रतिफल
मेगा बैंकको मुद्दती खातामा ६ गुणा प्रतिफल
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
जुवा खालमा प्रहरीको छापा, छतबाट हाम फालेर भाग्दा २ जनाको मृत्यु, २३ पक्राउ
सरकार सुस्ताउँदै, प्रतिपक्षमा कांग्रेस सशक्त बन्दै
सरकार सुस्ताउँदै, प्रतिपक्षमा कांग्रेस सशक्त बन्दै
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
यस्ता छन् प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला हुन लागेका सम्झौता
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
मंसिर २३ गते मंगलवारको राशिफल यस्तो छ
मंसिर २३ गते मंगलवारको राशिफल यस्तो छ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !

तपाईंले छुटाउनुभयो कि?