पूर्व कुमारी तथा गणेशको भत्ता बढ्यो, जीवित कुमारीको ५० हजार

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १६, २०७६
|
|
३३ पटक हेरिएको
Shares
पूर्व कुमारी तथा गणेशको भत्ता बढ्यो, जीवित कुमारीको ५० हजार

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्वगणेशलाई दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ। त्यसैगरी जीवित कुमारी र जीवित कुमारीको स्याहार(सुसार गर्ने चिताइदाराको पनि मासिक भत्ता वृद्धि भएको छ।

आइतबार राजधानीमा आयोजित पूर्वकुमारी, पूर्वभैरव र पूर्वगणेश श्रीपद भत्ता वितरण तथा इन्द्रजात्रा व्यवस्थापन समितिलाई अनुदान दिन आयोजना गरेको कार्यक्रममा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले यस्तो घोषण गरेका हुन्।

मेयर शाक्यको घोषणा अनुसार अब हरेक महिना पूर्वकुमारीले १५ र पूर्वगणेश र पूर्वभैरवले १२(१२ हजार प्राप्त गर्नेछन्। पूर्वकुमारीले भने १५(१५ हजार प्राप्त गर्नेछन्। यस अघिसम्म पूर्वभैरव र गणेशले ८(८ हजार र पूर्वकुमारी र चिताइदारले १०(१० हजार प्राप्त गर्दै आएका थिए। त्यसैगरी जीवित कुमारीले ४०(४० हजार प्राप्त गर्दै आएका थिए। अब उनीहरुले ५०(५० हजार प्राप्त गर्नेछन्। पूर्वकुमारी ९, पूर्व गणेश ६ र पूर्वभैरव ७ जना छन्।

त्यसैगरी काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रा व्यवस्थापन समितिलाई १३ लाख ९३ हजार सात सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ। महानगरपालिकाले सो समितलाई २०७५ सालको रकम हस्तान्तरण गरेको हो। यो वर्षदेखि करिब २४ लाख रुपयौँ सहयोग गर्ने महानगरपालिकाले प्रतिवद्धता व्यक्त गरेको छ। ०७५ साल अघिसम्म इन्द्रजात्राका लागि केन्द्र सरकारले १४ लाख र महानगरपालिकाले १० लाख सहयोग गर्दै आएको थियो। अब सबै रकम महानगपालिकाले नै सहयोग गर्नेछ।

त्यसैगरी इन्द्रजात्रा सञ्चालनका लागि आगामी वर्षदेखि कोष स्थापना गर्ने र त्यसैबाट जात्रा सम्पन्न गर्ने समेत तयारी गरेको महानगरपालिकाले जानकारी दिएको छ। संस्कृति तथा पर्यटन मन्त्रालयबाट दुई करोड, महानगरपालिकाबाट दुई करोड र गुठी संस्थानबाट एक करोड जम्मा गरी पाँच करोडको अक्षयकोष स्थापना गर्ने विषयमा समेत छलफल अघि बढेको भन्दै मेयर शाक्यले यसका लागि कार्य्विधि बनाएर छिट्टै कोषको स्थापना गर्ने बताए।

कोष स्थापना गर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सकारात्मक रहेको उनको भनाइ छ। भत्ता दिइएको पूर्वगणेशः गणेश शाक्य, पुरुषोतम शाक्य, कन्हैया शाक्य, सञ्जु शाक्य, प्रनवराज शाक्य, कपिलरत्न शाक्य छन् भने पूर्वकुमारमा इन्द्रबहादुर शाक्य, शुभरत्न शाक्य, दीपक शाक्य, बाल पुरुषोत्तम शाक्य, श्याम शाक्य, भैरव शाक्य र राजु शाक्य छन्।

त्यसैगरी पूर्वकुमारीमा नानीशोभा शाक्य, हर्षलक्ष्मी शाक्य, नानमैया शाक्य, सुनिता शाक्य, अनिता शाक्य, रश्मिला शाक्य, अमिता शाक्य, प्रीति शाक्य, मनिता शाक्य छन्। अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?