पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ११, २०७७
|
|
५४ पटक हेरिएको
Shares
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने

सारांश

  • पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय काटिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामाथि परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ ।
  • महान्यायाधिवक्ता कार्यालयले ८ असारमा कोइराला छुटेकै दिन सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।
  • यस मुद्दाको पेसी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्नेछ ।

पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय काटिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद घटाउने सर्वोच्चको फैसलामाथि परेको पुनरावलोकन निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ ।

महान्यायाधिवक्ता कार्यालयले ८ असारमा कोइराला छुटेकै दिन सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै पुनरावलोकन निवेदन दर्ता गरेको थियो । यस मुद्दाको पेसी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आफैं संलग्न भएर मुद्दाको फैसला गरेको हुँदा पुनरावलोकनका लागि इजलास र पेसी आफैंले तोक्छन् या बिदामा बसेर वरिष्ठ न्यायाधीशले तोक्न सक्नेछन् ।

प्रधानन्यायाधीशले गरेको फैसलामा प्रश्नचिह्न उठेपछि उनले स्वतन्त्र न्यायपालिकाको जनआस्था गुम्न नदिनका लागि पुनरावलोकनका लागि बिदा बस्दा उपयुक्त हुने सर्वोच्चकै एक पूर्वन्यायाधीशले बताए । उनका अनुसार आफैंले गरेको फैसलामा प्रश्न उठेपछि पुनः इजलास र पेसी तोक्दा सो मुद्दामा उनको प्रभाव पर्न सक्छ ।

प्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अगाडि बढाउने या नबढाउने भन्ने निर्णय दुई जना न्यायाधीशको संयुक्त इजलासले गर्नेछ ।

संयुक्त इजलासले अनुमति दिएमा (निस्सा पाएमा) फैसलाउपर पुनर्विचार गर्ने या सच्चाउने प्रक्रिया सुरु हुन्छ । संविधानको धारा १३३ (४) ले सर्वोच्च अदालतलाई आफ्नो अन्तिम फैसलाको पनि पुनरावलोकन गर्ने अधिकार दिएको छ । यसरी पुनरावलोकन गर्दा पहिले फैसला गर्नेबाहेकका न्यायाधीशले उक्त मुद्दाको सुनुवाइ गर्नुपर्नेछ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा ११ मा मुद्दाको फैसला भइसकेपछि उक्त मुद्दामा असर पार्ने कुनै नयाँ प्रमाण भेटिएमा वा सर्वोच्च अदालतबाट स्थापित नजिरको प्रतिकूल फैसला भएमा पुनरावलोकन गर्न सक्ने व्यवस्था छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतको नजिर प्रतिकूल फैसला भएको आधारमा यो मुद्दाको पुनरावलोकन माग गरेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
काज विषय उछालिएको बारे प्राध्यापक संघको आपत्ति
काज विषय उछालिएको बारे प्राध्यापक संघको आपत्ति
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको,  जवाफमा ‘सिक्किम कार्ड’ ?
भारतले चीनविरुद्ध दलाई लामा ‘तिब्बत कार्ड’ खेलिरहेको, जवाफमा ‘सिक्किम कार्ड’ ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
५००० वर्षदेखि जिवितै छन् द्रोणाचार्य पुत्र – अश्वत्थामा, क–कसले भेटे अहिलेसम्म ?
नयाँ सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा
नयाँ सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा
कमलजी सम्हालिएर बोलनुस्, क्याल्कुलेटर लिएर हिसाब  किताब गर्न नपरोस्- केपी ओली
कमलजी सम्हालिएर बोलनुस्, क्याल्कुलेटर लिएर हिसाब किताब गर्न नपरोस्- केपी ओली
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने
भारतीय पाइलट अभिनन्नदलाई वाघा सीमाबाट भारतलाई बुझाउने
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा
‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल
‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल
तातोपानी नाका दुईतर्फी सञ्चालनमा
तातोपानी नाका दुईतर्फी सञ्चालनमा

तपाईंले छुटाउनुभयो कि?