पूर्व डिआइजी रञ्जन कोइरालालाई जेलमा लिन पुगेकी महिला को हुन्

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ८, २०७७
|
|
५३ पटक हेरिएको
Shares
पूर्व डिआइजी रञ्जन कोइरालालाई जेलमा लिन पुगेकी महिला को हुन्

सारांश

  • पत्नी हत्यामा दोषी ठहर भई जेल सजाय भोग्दै आएका पूर्व डिआइजी रञ्जन कोइराला आज थुनामुक्त भए ।
  • दाह्री पालेका रञ्जनले थुनाबाट निस्कँदा मुखमा मास्क लगाएका थिए ।
  • उनलाई लिन कालो रङ्गको कारमा सेतो बुट्टेदार पोशाकमा एकजना महिला पुगेकी थिइन् ।

पत्नी हत्यामा दोषी ठहर भई जेल सजाय भोग्दै आएका पूर्व डिआइजी रञ्जन कोइराला आज थुनामुक्त भए । दाह्री पालेका रञ्जनले थुनाबाट निस्कँदा मुखमा मास्क लगाएका थिए । उनलाई लिन कालो रङ्गको कारमा सेतो बुट्टेदार पोशाकमा एकजना महिला पुगेकी थिइन् ।

महिलाले मुखमा मास्क लगाएकी थिइन् । अधवैंशे महिला उनको प्रेमिका भएको बुझिएको छ । रञ्जन थुनामा बसेको साँढे आठ वर्ष ती महिला पुगिरहन्थिन् ।

पत्नी गीता ढकालको हत्यापछि रञ्जनलाई जिल्ला अदालत र पुनरावेदन अदालतले जन्मकैद फैसला सुनाएकोमा सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेको थियो । उनले साँढे ११ वर्ष कैद छुट पाएपछि छिट्टै थुनामुक्त हुन पाएका हुन् । यसबारे धेरैको चासो परेको छ । पत्नी हत्याका दोषीलाई कैद सजाय घटाउने अदालतको फैसलाको समेत आलोचना भइरहेको छ ।

साँढे ८ वर्ष अघि तत्कालिन सशस्त्र प्रहरी बलका डिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरी शव मकवानपुरमा लगेर जलाएर जङ्गलमा फालिदिएका थिए । उनको घरायसी विवाद भइरहने गरेको खुलेको छ । सशस्त्रको आइजीपी बन्ने लाइनमा हुँदा तत्कालिन डिआइजी रञ्जनको करिअर नै समाप्त भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ: मन्त्री बाँस्कोटा
सरकारले दृढतापूर्वक शान्ति सुरक्षा दिन्छ: मन्त्री बाँस्कोटा
धनगढीमाईमा एक किशोरको शव फेला
धनगढीमाईमा एक किशोरको शव फेला
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा
तीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्तिपत्र : गोविन्द आचार्य
तीन महिनाभित्र सवै पत्रकारको हातमा नियुक्तिपत्र : गोविन्द आचार्य
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त
कांग्रेसका उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त
अमेरिकामा एक नेपाली युवक मृत फेला
अमेरिकामा एक नेपाली युवक मृत फेला
शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिश
शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिश
यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढी
यस्तो कुकुर पनि छ जसको मूल्य हवाइजहाज भन्दा पनि बढी
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
चार दलको कहाँ गठबन्धन, कहाँ मित्रवत् प्रतिस्पर्धा ? (सूचीसहित)
इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो
इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो

तपाईंले छुटाउनुभयो कि?