फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
फ्रान्सको आन्दोलन हिंसात्मक बन्दै, संकटकाल घोषणाको तयारी

सारांश

  • फ्रान्स, १७ मंसिर ।
  • फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गरेका छन् ।
  • प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा छ ।

फ्रान्स, १७ मंसिर । फ्रान्समा सरकार विरोधी प्रदर्शन चर्किएपछि राष्ट्रपति इम्यानुअल म्याक्रोले आकस्मिक सुरक्षा बैठक आह्वान गरेका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार संकटकाल घोषणाको तयारीमा छ । फ्रान्स सरकारका प्रवक्ता बेन्जामिन ग्रिवेअक्सले युरोप वन रेडियोसँग कुराकानी गर्दै शान्ति व्यवस्था कायम राख्न संकटकाल घोषणा गर्न सकिने बताएका छन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा फ्रान्सका हजारौं जनता सरकारविरुद्ध सडकमा उत्रिएका छन् । विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनमा सहभागीहरुले प्रहरीमाथि नै आक्रमण गरेको, सवारी साधन, भौतिक संरचनामा आगजनी तथा तोडफोड गरेका भिडियो टेलिभिजन च्यानलहरुले देखाइरहेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुले पनि बल प्रयोग गर्दै आएका छन् ।

शनिबारको प्रदर्शनमा एक सय भन्दा बढी घाइते भएका छन् । घाइते हुनेहरुमा २३ जना सुरक्षाकर्मीसमेत रहेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार ४०० भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?