एमालेमा छलाङ मार्ने पौडेल र नेपाल, डिमोसन हुने खनाल र पोखरेल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
एमालेमा छलाङ मार्ने पौडेल र नेपाल, डिमोसन हुने खनाल र पोखरेल

सारांश

  • जेठ ४, काठमाण्डौ ।
  • नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि संगठनको रुप फेरिएको छ ।
  • संख्या र आकार बदलिएको छ ।

जेठ ४, काठमाण्डौ । नेकपा एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि संगठनको रुप फेरिएको छ । संख्या र आकार बदलिएको छ ।

नेताहरुको व्यवस्थापन तत्कालका लागि काम चलाउ हिसाबले बनाइएको छ । महाधिवेशनसम्मका लागि बनाइएको हाइकमाण्ड अर्थात सचिवालय नौ सदस्यीय छ ।

एमालेमा उपमहासचवि रहेका विष्णु पौडेललाई सचिवालयको शक्तिशाली महासचिवको जिम्मेवारी दिइएको छ भने तत्कालिन एमालेका पूर्व अध्यक्ष झलनाथ खनालको वरियता घटेको छ ।

यसअघि एमालेमा हुँदा दोस्रो वरियतामा रहेका खनाल एकतापछि चौँथोमा पुगेका छन् । माधव नेपालभन्दा अगाडि रहेका खनाललाई एकता हुँदा भने नेपालभन्दा पछि राखिएको छ ।

पछिल्लो सयम पार्टीभन्दा बढि व्यक्तिगत कामका लागि सक्रिय हुने गरेको आरोप खनालमाथि लागेको छ । उनी पार्टी एकता घोषणा कार्यक्रममा पनि सहभागि भएनन् ।

व्यक्तिगत कामका लागि उनी चीनमा रहेको बताइएको छ । एकता प्रक्रियामा पनि महत्वपूर्ण सहयोग नगरेकाले वरियाता घटाइएको बताइएको छ ।

यता पौडेलले भने दुई दल एकताका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै महासचिवको जिम्मेवारी दिइएको छ । पौडेले पार्टीभित्र सन्तुलित र राम्रो छवी भएका नेता मानिन्छन् । उनका लागि सचिवालयको महासचिव पाउनु ठूलो उपलब्धि हो ।

झलनाथ खनालको कमजोरीको फाइदा माधव कुमार नेपालले लिएका छन् । पछिल्लो समय एकता प्रक्रियामा महत्वपूर्ण भुमिका देखाएका नेपाल तेस्रो वरियतामा पर्न सफल भए । यसअघि खनालभन्दा पछि रहेका नेपाललाई एकतापछि अघि सारिएको हो ।

उता एमाले महासचिव रहेका ईश्वर पोखरेल पनि एकतापछि पदविहिन बने । एमालेको शक्तिशाली महासचिव रहेका उनी एकतापछि अहिले रक्षा मन्त्री मात्रै छन् ।

(Clonazepam)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Resham Khadka

    यस्मा को को खेरा जान्छन हेर्दै जाउ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख,,
भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख,,
कसरी गर्छ सर्पले सेक्स ? थाहा पाउनु भयो भने अचम्म पर्नुहुने छ !
कसरी गर्छ सर्पले सेक्स ? थाहा पाउनु भयो भने अचम्म पर्नुहुने छ !
जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै
जापानका विदेशमन्त्री, फ्रान्स वदेश मन्त्रालयका महासचिव नेपाल आउँदै
कार्यालयमै अदालतका कर्मचारीको मृत्यु
कार्यालयमै अदालतका कर्मचारीको मृत्यु
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मधेस प्रदेश : मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !
इमरान खानको सपथग्रहण समारोहमा भारतिय पूर्व क्रिकेटरलाई अामन्त्रण !
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते
प्रचण्ड र रविप्रति आक्रोशित हुँदै ओलीले भने–समय सिद्धियो भने पखेटा पलाउँछ
प्रचण्ड र रविप्रति आक्रोशित हुँदै ओलीले भने–समय सिद्धियो भने पखेटा पलाउँछ
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
गठबन्धन सरकार भत्काउन एमाले अध्यक्ष ओलीको प्रयास तीव्र
गठबन्धन सरकार भत्काउन एमाले अध्यक्ष ओलीको प्रयास तीव्र

तपाईंले छुटाउनुभयो कि?