पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २, २०७४
|
२
|
६१ पटक हेरिएको
Shares
पूर्व राष्ट्रपतिले जीवनभर यस्तो सुविधा पाउँछन्

सारांश

  • काठमाडौं, २ चैत- गृह मन्त्रालयले सुरक्षा ‘थ्रेट’का आधारमा पूर्व विशिष्ट पदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
  • नयाँ सुरक्षा व्यवस्थाअनुसार पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् ।
  • शेरबहादुर देउवा नेतृत्वको सरकारे पारित गरेको सुरक्षा वयवस्थालाई प्रहरीले र्काान्वयनमा ल्याएको हो ।

काठमाडौं, २ चैत- गृह मन्त्रालयले सुरक्षा ‘थ्रेट’का आधारमा पूर्व विशिष्ट पदाधिकारीको स्तर वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

नयाँ सुरक्षा व्यवस्थाअनुसार पूर्वराष्ट्रपतिले राज्यबाट आजीवन सुरक्षा पाउनेछन् । शेरबहादुर देउवा नेतृत्वको सरकारे पारित गरेको सुरक्षा वयवस्थालाई प्रहरीले र्काान्वयनमा ल्याएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

गृहले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री पूर्व मन्त्रिपरिषद् अध्यक्ष, पूर्व प्रधानन्यायाधीश, पूर्वसभामुख, राष्ट्रियसभाका पूर्वअध्यक्ष र पूर्वउपप्रधानमन्त्रीलाई विशिष्टस्तरमा वर्गीकरण गरी उनीहरूमाथि हुनसक्ने सुरक्षा थ्रेटलाई विश्लेषण गर्दै सोहीबमोजिमको सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

प्राप्त दस्तावेजमा पूर्वराष्ट्रपतिका लागि ११ जना नेपाली सेनाका र दुई जना नेपाल प्रहरीका सुरक्षाकर्म खटिनेछन् । राष्ट्रपतिले उक्त सुविधा अवकाश भएको पाँच वर्षसम्म पाउनेछन् ।

अवकाश भएको पाँच वर्षपछि एक पीएसओसहित पाँच जनाको नफ्री आजीवन पाउनेछन् । पूर्वउपराष्ट्रपतिले अवकाशपछि पाँच वर्षसम्म नेपाली सेनाका पाँच र नेपाल प्रहरीका दुई गरी सात सुरक्षाकर्मी पाउनेछन् ।

अवकाश भएको पाँच वर्ष बितेपछि उपराष्ट्रपतिले सुरक्षा सुविधा पाउने छैनन् । पूर्वप्रधानमन्त्री वा मन्त्रिपरिषद्का पूर्व अध्यक्षको हकमा अवकाश भएको पाँच वर्षसम्म सात सशस्त्र प्रहरी बल र दुई नेपाल प्रहरीका सुरक्षाकर्मी पाउने उल्लेख छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Bhagwan Sah

    Bau ko sampati ma rajai gar sale kukur ho

    Comment Author

    Shyam Shubham Giri

    नेपाल को दूई नम्वर फटाहा मानिस हो यो एक नम्वर खडग वली दूई नम्वर राम वरण यता ग्याँस्टिक भएको छ उता क्यानसर भयो भनेर उपचार खर्च लिन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
अमेरिकाबाट सात नेपाली निष्कासित  !
अमेरिकाबाट सात नेपाली निष्कासित !
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
उत्तर कोरियाली खेलाडी दक्षिण कोरियामा, संयुक्त खेल अभ्यास गर्दै
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
फिल्म गुरुको शूटिंगबाट प्रेम अंकुराएको थियो ऐश्वर्या र अभिषेकबीच
राष्ट्रपति र स्वराजबीच भेटवार्ता, के–के भए कुराकानी ?
राष्ट्रपति र स्वराजबीच भेटवार्ता, के–के भए कुराकानी ?
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
चार करोड रुपैयाँ लिएर व्यापारी फरार
चार करोड रुपैयाँ लिएर व्यापारी फरार

तपाईंले छुटाउनुभयो कि?