पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढ्यो, अब हुने छैन अभाव

सारांश

  • काठमाडौं ,५ वैशाख ।
  • निर्यातको तुलनामा आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ ।
  • चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म एक खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।

काठमाडौं ,५ वैशाख । निर्यातको तुलनामा आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ ।

चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म एक खर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

आयल निगमको तथ्यांकअनुसार नौ महिनामा एक खर्ब दुई अर्ब रुपैयाँको १८ लाख ९३ हजार किलोलिटर इन्धन आयात भएको हो । चालू आर्थिक वर्षको सुरुदेखि नै इन्धनकोखपत बढेको छ ।

आर्थिक वर्ष २०७३ ७४ को कुल आयातको तुलनामा चालू आवको नौ महिनामा छ अर्ब १७ करोड रुपैयाँ मात्र कम इन्धन आयात भएको छ ।

निगमका नायब कार्यकारी प्रबन्ध निर्देशक नागेन्द्र साहले खपत उच्च बिन्दुमा पुगेकाले आयात बढेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा एक खर्ब आठ अर्ब ९५ करोडको २२ लाख २९ हजार सात सय ४० किलोलिटर इन्धन आयात गरिएको थियो ।

पछिल्ला छ वर्षमा सबैभन्दा बढी इन्धन गत आर्थिक वर्षमै आयात र खप भएको देखिन्छ । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार भारतसँगको कुल व्यापार घाटामा सबैभन्दा ठूलो हिस्सा इन्धनको छ ।

इन्धन आयातदर प्रतिस्थापन गर्न सकिए व्यापर घाटा पनि न्यून हुने विज्ञको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि
‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि
LionsClub International District 325 B1, Nepal , को  “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
LionsClub International District 325 B1, Nepal , को “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”
गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”
आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?
आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
प्रचण्डको सभामा  बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ
ललितपुर प्रहरी प्रमुखमा शेखर खनाल र सिडियोमा तुलसी श्रेष्ठ
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा
निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुन्छ : देउवा