पेट्रोलियम पाइपलाइन ओछ्याउन अढाई किमी बाँकी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३, २०७६
|
|
४१ पटक हेरिएको
Shares
पेट्रोलियम पाइपलाइन ओछ्याउन अढाई किमी बाँकी

सारांश

  • वीरगञ्ज, ३ जेठ ।
  • नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २।
  • ५ अढाइ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ ।

वीरगञ्ज, ३ जेठ । नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २।५ अढाइ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ ।

 

बहुप्रतिक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जनाएको छ । नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०।२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६७।७ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीब २।५ किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेको बताइएको छ ।

पाइपलाइन बिछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा छ हजार ५०० ठूलासाना रुख काटिने काम सम्पन्न भइसकेको छ भने रुखको जरा उखेल्ने काम धमाधम भइरहेको पेट्रोलियम पाइप लाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ ।”

 

पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि एक लाख ४७ हजार २०० रुख रोप्न रु एक करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताउनुभयो ।

 

अब २।५ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पाइप बिच्छ्याउने काम सम्पन्न भएपछि बाँकी रहेका प्रक्रिया पूरा गरी पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने विश्वास व्यक्त गरिएको छ । विसं २०७४ चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

 

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७०।२ किलोमिटर लम्बाइ भएको सो पाइप लाइन रु २७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको रु २०० करोड तथा नेपाल सरकारको रु ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले जनाएको छ ।

 

जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङ्गको पाइप राखिएकाले खिया भने लाग्दैन । यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास गरिएको छ ।

(https://bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
यी हुन् जुवाडेको पैसा लुट्ने प्रहरी नायव निरीक्षक मल्ल !
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
अध्यक्ष दाहालद्वारा इदको शुभकामना
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
अछाममा राज्य–आतंकले सीमा नाघ्यो, मतदान अधिकृतले नै दिए डटपेनले धर्का तानेर मतपत्र
बक्यौता रकम नतिरेपछि भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयसहितका स्टलहरूमा सरकारको ताला
बक्यौता रकम नतिरेपछि भृकुटीमण्डपको सार्वजनिक पुस्तकालयसहितका स्टलहरूमा सरकारको ताला
बेहोस भएर छात्राको मृत्यु
बेहोस भएर छात्राको मृत्यु
‘एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी’
‘एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको दाबी’
गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो
गोरखा धार्चेको पहिरोमा बेपत्ता चार जनाको शव भेटियो
विद्युत् चुहावट गर्ने नौ जना पक्राउ
विद्युत् चुहावट गर्ने नौ जना पक्राउ
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी

तपाईंले छुटाउनुभयो कि?