पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २, २०७९
|
|
३९ पटक हेरिएको
Shares
पोखरामा गठबन्धनका आचार्य ३५७ मतले अगाडि

सारांश

  • काठमाडाैं।
  • पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
  • अहिलेसम्म ८६९३ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले ३४६५ मत ल्याएका छन्।

काठमाडाैं। पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका धनराज आचार्यले अग्रता कायमै राखेका छन्।

अहिलेसम्म ८६९३ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार धनराज आचार्यले ३४६५ मत ल्याएका छन्।

उनलाई पच्छ्याइरहेका एमालेका कृष्ण थापाले ३१०८ मत पाएका छन्। आचार्य थापाभन्दा ३५७ मतले अघि छन्।

उपमेयरमा पनि सत्ता गठबन्धनले नै अग्रता लिएको छ। उपमेयरमा साझा उम्मेदवार कांग्रेसकी कोपिला रानाभाटले ३६०० मत ल्याएकी छन् भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ३५७५ मत ल्याएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?