पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १६, २०७६
|
|
५२ पटक हेरिएको
Shares
पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

सारांश

  • पोखरा।
  • पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ।
  • पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ ।

पोखरा। पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ। पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमन भएको हो।

सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ । सन् २०१९ को बिदाइका साथै सन् २०२० को स्वागत नाचगान र एकअर्कालाई नयाँ वर्षको शुभकामनाको आदान–प्रदान गरी मनाइएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ मूल नारासाथ २१ वर्षदेखि मनाइँदै आएको सडक महोत्सवको अवसरमा पर्यटकका लागि विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रम हेर्नका लागि चार ठाउँमा मञ्च निर्माण गरिएको थियो ।

नयाँ वर्ष आगमनको सुखद् अवसरमा विभिन्न कलाकारद्वारा लोकदोहरी र ब्याण्डको प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक विश्वराज पौंडेलले जानकारी गराए। लेकसाइडमार्गमा पर्ने सडकहरुमा बेलुकीको समयमा घुइँचो अत्यधिक रहने गरेको पोखरामा व्यापार गर्दै आएका ललनकुमार झाले बताए।

लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रलाई सिङ्गारिएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवको अवधिभर १०० भन्दा बढी रेष्टुरेन्टबाट सेवा लिने व्यवस्था रहेको छ। महोत्सवको मुख्य आकर्षणमा पारम्परिक वेषभूषामा सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, अन्तर्रा्ष्ट्रियस्तरका खानाका परिकार र विभिन्न प्रकारका वृत्तचित्र प्रदर्शनी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
साँखुमा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बालुवा उत्खनन
अब नेपाली सेनामा भनसुन र उपहार नचल्ने !
अब नेपाली सेनामा भनसुन र उपहार नचल्ने !
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
अदालतको फन्दामा अजेयराज सुमार्गी
अदालतको फन्दामा अजेयराज सुमार्गी
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा अर्याल, साउद बर्खास्त
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा अर्याल, साउद बर्खास्त
साउन ९ गते विहिबारको राशीफल यस्तो छ
साउन ९ गते विहिबारको राशीफल यस्तो छ
डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
डा.गोविन्दराज पोखरेललाई उम्मेदवारी फिर्ता लिन माओवादीको सुझाव
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
इलाममा खनाल र नेम्वाङले अग्रता बढाउँदै, क्षेत्रनम्बर २ ‘ख’को मतगणना स्थगित
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता

तपाईंले छुटाउनुभयो कि?