प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०८०
|
|
३७ पटक हेरिएको
Shares
प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन

सारांश

बलेवा । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेकी नै थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थिन् ।

दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेकिन् । तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका-५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन् । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।

ढोरपाटन नगरपालिका-४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागे । दीपक पहिलेदेखि नै बेलायत बस्थे। बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन् । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत लागे ।

बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए । करिब करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेरमात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे । “घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई”, दुर्घटनामा घाइते भएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भने ।

सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउँछन् मनकुमारी । गत पुस २६ गते साँझ उनीहरू गाउँ पुगेका थिए । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौँ पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमान्को गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

मृतक सञ्जिताका श्रीमान् दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए। घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
चोरले यस्तो चिज चोर्यो ,चोरलाई लाजै मर्नु भो ,चोरि हुनेलाई दुख लागेन् उल्टै मजा अायो;
वीरगञ्जका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै
वीरगञ्जका मेयर उम्मेदवार सराबगीका कर्तुतहरुको खुलासा हुँदै
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस
संसदमा उठेको प्रश्नको जवाफ मन्त्रीहरुले यसरी दिए
यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध
यी भूभागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न प्राधिकरणको अनुरोध
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
भिटामिन ‘डी’को कमी हुनेलाई कोरोना संक्रमण र मृत्यु हुने बढि सम्भावना
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदै, सुरक्षा प्राविधिक जाँचपछि पूर्ण सञ्चालनमा आउने
झुठो समाचार लेखेको भन्दै पत्रकार पक्राउ
झुठो समाचार लेखेको भन्दै पत्रकार पक्राउ
सिसी क्यामेरालाई चुनौती दिने प्रविधि
सिसी क्यामेरालाई चुनौती दिने प्रविधि

तपाईंले छुटाउनुभयो कि?