प्याज लुकाएर महंगो मुल्यमा बेच्ने व्यापारी पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २, २०७७
|
|
४७ पटक हेरिएको
Shares
प्याज लुकाएर महंगो मुल्यमा बेच्ने व्यापारी पक्राउ

सारांश

  • बारा, २ असोज ।
  • प्याजको कालोबजारी गरेको अभियोगमा चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका स्थित खुशी स्टोरका संचालक सोही ठाउँका साह पक्राउ परेका हुन् ।

बारा, २ असोज । प्याजको कालोबजारी गरेको अभियोगमा चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्याजको कालोबजारी गरेको अभियोगमा कलैया उपमहानगरपालिका स्थित खुशी स्टोरका संचालक सोही ठाउँका साह पक्राउ परेका हुन् ।

प्याजको कृतिम अभाव देखाई खरिद मूल्यको दोब्बरसम्म बिक्री गरी कालोबजारी भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त स्टोरमा ग्राहक बनी प्याज खरिद गर्दा प्रतिकिलो ४३ रुपैयाँमा खरिद गरेको प्याजलाई साहले प्रतिकिलो ८० रुपैयाँमा बिक्री गरेको पाइएपछि उनलाई पक्राउ गरेको जनाएको छ । स्टोरमा लुकाई राखेको ४ सय ५८ किलो प्याज समेत प्रहरीले बरामद गरेको छ ।

साहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?