सरकारद्वारा चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १४, २०८०
|
|
३५ पटक हेरिएको
Shares
सरकारद्वारा चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

सारांश

  • काठमाडौँ ।
  • सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् निर्णयबारे जानकारी दिँदै गणतन्त्र दिवसका अवसरमा नेता चौधरीको बाँकी सजाय मिनाहासँगै आममाफी दिन सिफारिस गरिएको बताइन् । “सोमबार गणतन्त्र दिवस छ, गणतन्त्र दिवसका सन्दर्भमा केही कैदीको बाँकी सजाय माफी गर्ने र ५० प्रतिशत सजाय काटिसकेकाको हकमा जुन निर्णय गर्ने प्रचलन छ, त्यसका निम्ति निर्णय भएको छ, मुख्य निर्णय रेशम चौधरीको निवेदनका आधारमा र राष्ट्रपति कार्यालयले सोधिएका केही विषयलाई पनि सम्बोधन गरेर राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने भन्ने आजको निर्णय छ”, उनले भनिन् ।
  
सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरेका खण्डमा नेता चौधरी सोमबार गणतन्त्र दिवसका अवसरमा जेलमुक्त हुनेछन् । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुनेगरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए । उनलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दिपायल र सर्वोच्च अदालत समेतले जन्मकैदको सजाय सुनाएका हुन् ।
  
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको र सोमबारको मन्त्रिपरिषद्को वैठकले विषयवस्तु (एजेण्डा) को अन्तिम टुङ्गो लगाउनेछ । पत्रकारको एक प्रश्नमा प्रवक्ता शर्माले भनिन्, “प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा को को जाने भन्ने अहिलेसम्म टुङ्गिएको छैन, भ्रमणका एजेण्डा मन्त्रालयहरुले तयारी गररहेका छन्, त्यो अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जासँगै सीमा समस्याका कुरा पनि छन्, ती विषयमा छलफल भइरहेको छ, औपचारिक निर्णय भने भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रतिनिधिले भने, “नेपालको प्राथमिकताका क्षेत्रमा सघाउँछौं”
पौष महिना भित्र शिवराज खुल्ला दिशा मुक्त हुँदै
पौष महिना भित्र शिवराज खुल्ला दिशा मुक्त हुँदै
संसदको अवधि सकिएलगत्तै  उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
संसदको अवधि सकिएलगत्तै उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश;
गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो
गैरीगाउँ हत्या प्रकरण : रायसहितको प्रतिवेदन बुझाइयो
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
विनियोजन विधेयक राष्ट्रियसभामा पेश
विनियोजन विधेयक राष्ट्रियसभामा पेश
आयुक्त बन्ने दौडमा आइजी र एआइजीहरु !
आयुक्त बन्ने दौडमा आइजी र एआइजीहरु !
बैंकका ऋणीले लघुवित्तबाट ऋण नपाउने, एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने
बैंकका ऋणीले लघुवित्तबाट ऋण नपाउने, एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा र पौडेल बिच भनाभन, सुरू हुनसकेन वैठक
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा र पौडेल बिच भनाभन, सुरू हुनसकेन वैठक