प्रचण्डको उत्तेजक अभिव्यक्ति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
३५ पटक हेरिएको
Shares
प्रचण्डको उत्तेजक अभिव्यक्ति

सारांश

  • काठमाडौं।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नहुँदा क्रान्तिमा ठुलोठुलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन्।
  • नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए।

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नहुँदा क्रान्तिमा ठुलोठुलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताएका छन्। नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताए। उनले भने, ‘सत्तामा नहुँदा आन्दोलनमा हुँदा क्रान्तिम हुँदा निकै ठूलो त्याग गर्न सक्ने तपस्या गर्न सक्ने जनतासँग घुलमिल हुन सक्ने जनता जहाँ बस्छन त्यँही, जे खान्छन त्यँही, जसरी काम गर्छन त्यसरी नै काम गरेर जनताको मन जित्न चाँहि सक्ने र नभएको सत्ता प्राप्त गर्न सक्ने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि छन् र नेपालको इतिहासमा पनि त्यसका संकेतहरु लक्षणहरु देखिने गरेका छन्।’ उनले हिजो मृत्युलाई पनि सामना गरेर जस्तो सुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताए। उनले भने, ‘त्यहाँ गइसकेपछि पद प्रतिष्ठा लोभ लालचमा अनि विभिन्न खालका विसंगति विकृति भ्रष्टाचार जन्य कृयाकलापहरु देखिन जाने हिजो मृत्युलाई सामाना गरेर जस्तोसुकै तपस्या गर्न पनि तयार हुने त्याग गर्न पनि तयार हुने प्रतिकृयावादिका जेलनेल यातना र मृत्युलाई पनि हाँसीहाँसी सामना गर्न सक्नेमान्छेहरु साशन हातमा आइसकेपछि विस्तारै तिनिहरुनै अर्कै अर्कै जनताबाट अलिकति कटेको जस्तो भावनालाई सम्मान गर्न नसकेको जस्तो देखिने जुन बिडम्बना हामीले बिसौं सताब्दीमा देखियो सबैभन्दा बढी।’
उनले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताए। उनले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिदै गएको लोभ लालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताए। उनले भने, ‘यसो हेर्यो भने हाम्रो पनि त्यही नियती । त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन् आजभोली यसो घटना हे¥यौं मान्छेहरु बिग्रने विग्रनेतिर गएको जस्तो देखिँदै छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब पाँच डलरमै कोरोना परीक्षण, एक मिनेट मै रिपोर्ट
बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन
बिजुक्छेको पुस्ता हस्तान्तरण, दमननाथको पुनरागमन
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
नेपाली लघु-उपन्यास : कहाँ छस् ?
नेपाली लघु-उपन्यास : कहाँ छस् ?
प्रधानमन्त्री ओली स्वदेश आइपुगे
प्रधानमन्त्री ओली स्वदेश आइपुगे
भुटानमा पाँच देखि २१ दिनसम्म राष्ट्रव्यापी लकडाउन
भुटानमा पाँच देखि २१ दिनसम्म राष्ट्रव्यापी लकडाउन
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
स्वस्थ रहन अपनाउनुहोस् यी तरिका
स्वस्थ रहन अपनाउनुहोस् यी तरिका
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै

तपाईंले छुटाउनुभयो कि?