प्रचण्डले किन गरे पाण्डेसँग गोप्य भेटवार्ता !
सारांश
- काठमाडाैं,, माघ १६ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेबीच गोप्य भेटवार्ता भएको छ ।
- सोमबार हउनीहरूबीच गोप्य भेटवार्ता भएको हो ।
काठमाडाैं,, माघ १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेबीच गोप्य भेटवार्ता भएको छ । सोमबार हउनीहरूबीच गोप्य भेटवार्ता भएको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको बामपन्थी गठबन्धनको सरकार बनाउने प्रयास नाजुक चरणमा पुगेकै बेलामा हिजो बिहान प्रचण्डले पाण्डेसँग गोप्य वार्ता गरेको खुलासा भएको हो ।
ललितपुर सिडीओ कार्यालयसँग जोडिएको घरमा प्रचन्ड र पाण्डेबीच करिब आधा घन्टा भन्दा बढि सरसल्लाह भैरहेको थियो । उनीहरूबीच के कुरा भयो त्यो भने रहस्यमै छ । स्रोतका अनुसार प्रचण्ड र पाण्डेबीच गोप्य छलफल भैरहदा एमाले अध्यक्ष केपी ओली र माओवादी नेता रामबहादुर थापा बादल भने अर्कै कोठामा प्रचण्डलाई कुरिरहेका थिए ।
पाण्डेलाई कडा सुरक्षा घेरा पन्छाएर प्रचण्डका निजी सचिवले घरभित्र लगेको प्रचण्ड निकट उच्च स्रोतको दाबी छ । तर भेटपछि भने भित्रबाटै मोटरमा निस्कनु भएका पान्डेसँग टेलिफोनमा पनि सम्पर्क हुन सकेन ।
प्रतिक्रिया