प्रचण्ड–ओलीको निर्देशन : कार्यदलले गर्यो यस्तो निर्णय

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
प्रचण्ड–ओलीको निर्देशन : कार्यदलले गर्यो यस्तो निर्णय

सारांश

  • भक्तपुर, पुस २६ ।
  •   नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम सुरु गर्ने निर्णय गरेको छ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम सुरु गर्ने भएको हो ।

भक्तपुर, पुस २६ ।  नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले भोलिदेखि आफ्नो काम सुरु गर्ने निर्णय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि भोलिबाटै कार्यदलले काम सुरु गर्ने भएको हो ।

ओली निवासको बैठकका बारेमा जानकारी दिँदै बैठकमा सहभागी कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा भोलिबाटै काम शुरु गर्ने सहमति भएको सञ्चारकर्मीलाई जानकारी दिए । उनले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको बताए । उनका अनुसार भोलिदेखि नै कार्यदलले सघन रुपमा काम शुरु गर्ने जानकारी दिए । यस बीचमा पार्टी एकता भए कार्यदलको काम नरहने बताउँदै उनले दुई पार्टी छिट्टै पार्टी एक हुने दाबी गरे ।

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ ।

प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलिका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको पुनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार
बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
जन्मदरको लक्ष्य पूरा गर्न चिनियाँ सरकारले दोस्रो सन्तान जन्माउने जोडीलाई आर्थिक प्रोत्साहन
पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ : झलनाथ खनाल
पार्टी एकताबारे एक हप्ताभित्रै नीति र नेतृत्वमा सहमति हुन्छ : झलनाथ खनाल
नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी…
नागरिक उड्डयन प्राधिकरणलाई एयरलाइन्स, होटललगायतले अर्वौं तिर्न बाँकी…
काठमाडौं १ बाट प्रकाशमान विजयी, रवीन्द्र मिश्र पराजित !
मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी
मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी
महिला संजालकी अध्यक्षले यसरी फसाईन ईन्सपेक्टरलाई !
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री
सुदुरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी, दलका नेता रावल आन्तरिक मन्त्री

तपाईंले छुटाउनुभयो कि?